![]() |
स्व. विक्रम कार्की |
भारतमा रही ICAI अन्तर्गत चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका अर्का एक सिए
बिधार्थीको निधन भएको छ । सिए सरोकार का दिल्ली सम्बाददाता ॠषि राम
अधिकारिका अनुसार नेपालमा म्याग्दीको वेनी स्थाइ घर भई भारतमा रहेर सिएको दोश्रो तह अध्ययन गरिरहेका विक्रम कार्कीको अत्याधिक लागु पधार्थको सेबनका कारण निधन भएको हो । २०१२ DECEMBER मा CPT उतिर्ण गरेका कार्कीको भारत स्थित नयाँ दिल्लीमा
निधन भएको हो । चुरोट
वाट गाँजा , अनि गाँजा वाट ट्याप्लेट अनि त्यस बाट खैरो चिनी (BROWN SUGAR
) को ओभर डोजको कारणले उनको निधन भएको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
आफ्ना सान्तनले पनि नराम्रो वाटो लिन सक्छन ,आफ्ना सन्तान पनि न राम्रो
संगतमा फस्न सक्छन भनेर आफ्नो ठाउँ बाट बाऊ -आमाहरुले वेला वेलामा ध्यान
दिने हो भने लक्ष्मीनगरमा कुलतको जन्जिरमा निस्किनै न सक्ने गरि आफ्नो
मृतुको प्रतिक्षा गर्दै निस्लोट अवस्थामा पल्टिएका सयौ नेपाली यूवाहरु
सायद समयमै सी. ए. सक्काएर आफ्ना बाबु आमाको आशाको दियोमा तेल थप्न जाने
थिय हैन भने विक्रम कार्कीहरु एसरि नै निस्लोट भयर पल्टी रहने छन् , नसामै
मरेर जाने छन् , अनि सपनाको दियोमा तेल थप्न आउला भनेर दिन गन्दै वसेका
बाऊ -आमाहरु आफ्नो सन्तानको मृत्युनामामा हस्ताक्षर गरि रहने छन् ।“
अधिकारि (सिए सरोकार का दिल्ली सम्बाददाता)
प्रतिक्रिया दिनुहोस्