Skip to content

सिए विधार्थी भेषराज देवकोटाका देशमा समर्पित हाइकुहरु

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIGzHYDCLyUkzWz5uTpTRy99o-2J_3ZC6FBub_sEv51o43KT01QOxXLL15galvIfPnIURBkopYXas4CZPt4PytSZHIX9eke8eTYCFz6BODgvKnC_SdQnPEbsw38Ik8cFOCGpCCOLUT3KUE/s320/bhes.jpgसिए बिधार्थी भेषराज देवकोटाका हाइकुहरु

भत्कियो घर
तर जुट्यो साहस
यो हो नेपाल।

पुराना थिए
र मक्किएका पनि
पालो नयाँको।

बनेको हेर्न
जाने-सकेको गर्न
जागौँ नेपाली।

जे कमी थियो
रहेथ्यो अधुरो नै
लौ गरौँ पुरा।

चटारो छैन
जुटौँ अनवरत
सकिन्छ पक्का।

जुटेर लागौँ
र खटौँ निरन्तर
लाग्दैन बेर।
#NepalWillRise

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।