स्थापना कालको छैटौं बसन्त पारगरि सातौं बसन्तमा प्रवेश गरेको सोहि
संस्थाका कार्यकारी कोषाध्यक्ष्य आशिष थापाले सिए सरोकारलाई जानकारी गराएका
छन्। यसका साथै वर्तमान कार्यसमितिको कार्यकाल सफल रुपमा सम्पन्न भएको पनि
कार्यसमितिले औपचारिक रुपमा घोषणा गरेको छ र अर्को कार्यसमिति चयन नभएसम्म
त्यहि कार्यसमितिले संस्थाको कार्यसमितिको रुपमा काम गर्ने पनि बताइएको छ । हातेमालोले एक विशेष कार्यक्रम गर्दै संस्थाको सातौँ बर्ष प्रवेशको कार्यक्रम गरेको छ।

बिशाल भटराईको सभापातित्वमा आयोजना भएको सो कार्यक्रममा संस्थाका पूर्व
कार्यसमितिहरु,
सदक्ष्यहरु, वर्तमान कार्यसमिति सदस्यहरु तथा अन्य सक्रिय सदक्ष्यहरु एबं
संस्थाका सुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा
तत्कालिन कार्यसमितिका वर्षभरिका गतिबिधिहरुको समिक्ष्या,
कार्य समितिहरुको अनुभब आदान प्रदान तथा नयाँ आउने कार्य समितिबाट अपेक्षा गर्न सकिने कार्यहरु जस्ता बिषयमा समिक्षा तथा छलफल गरिएको थियो।

आगामी दिनहरुमा नया आउने कार्य समितिहरुले आफ्नो कार्य सम्पादन गर्ने आशा
ब्यक्त गरेका थिए। साथै उनले लक्ष्मीनगरमा रहेका इच्छुक बिध्यार्थीहरुलाइ
लिखित आबेदन पठाउनुहुन पनि सार्वजनिकरुपमा आबहान गरेका छन्।कार्यक्रममा
उनले संस्थाको आगामी साधारण सभाको मिति आगामी २-४ दिनभित्रमा नै तोकिने पनि
जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्