Skip to content

फोकलको अगष्ट महिनाको निरन्तर भेला कार्यक्रम सम्पन्न

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार



फोरम अफ क्रियटिभ आर्टस्
एण्ड लिट्रेचर
अर्थात् फोकल” , नेपाली
कला र साहित्यलाई माया गर्ने लक्ष्मीनगरमा रहेका सी.ए. अध्ययन गरिरहेका
विद्यार्थीहरुको अनौपचारिक समूहले निरन्तर मासिक भेलालाई निरन्तरता दिँदै अगस्त
महिनाको कार्यक्रम गत आइतबार सफलतापूर्वक सम्पन्न गरेको छ । प्राईम सी.ए.को प्राङ्गणमा सम्पन्न भएको उक्त
कार्यक्रममा सहभागीहरुले साहित्यका विविध पक्षहरु गजल
, कथा, कविता,
भावना,
मुक्तक,
मनोवाद
तथा अन्य रचना तथा जानकारीहरु प्रस्तुत गरका थिए । सहभागीहरुले आफ्नो गायन कला
साथसाथै वाध्यबाधन अन्तर्गत बाँसुरी र मादलमा वाध्यबाधन कला पनि प्रस्तुत गरेका
थिए । महिनाभरिको कला विसाउने एउटा राम्रो माध्यम फोकल बन्न सफल भएको सहभागीहरुले
बताएका थिए । 

कार्यक्रमको विमर्श खण्ड अन्तर्गत अघिल्लो
महिना छनोट गरिएको विषय
आर्थिक वर्ष २०७२/७३
को बजेट विश्लेषण
मा सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत
गरेका थिए । छलफलमा बोल्दै राजन बन्जाडे
, के.एन. भूषाल तथा अन्य सहभागीहरुले
प्रस्तुत बजेटको राम्रो तथा नराम्रो पक्षहरुलाई विश्लेषण गरेको थिए । सहभागीहरुले
नेपालको अर्थतन्त्र र विकाश धरासाही हुनुमा तोकिएको ठाउँमा बजेट बेलैमा विनियोजन
हुन नसक्नु रहेको निस्कर्ष निकाल्दै यसको कार्यन्वयनमा ध्यान दिनुपर्ने बताएका थिए
। 

अन्त्यमा विमर्श खण्ड अन्तर्गत सहभागीहरु
बीचबाट अर्को महिनाको लागि शीर्षक
नेपाली रंगमञ्च तथा सांगीतिक क्षेत्रमा
भित्रिएको विकृति
चयन गरिएको छ । साथै आगामी सेप्टेम्बर महिनाको
कार्यक्रम प्राइम सी.ए.कै प्राङ्गणमा अगस्तको तेश्रो आइतबार
, २०
सेप्टेम्बर
, २०१५ बेलुका ६ः०० देखि हुने निर्णय गरि
कार्यक्रम सम्पन्न गरिएको थियो । 
उत्साहजनक सहभागीता तथा निरन्तरताले फोकल
गरिमामय उचाईमा पुग्न सफल भएको छ । अनौपचारिक समूह फोकलको फोकलकै नाममा आधिकारिक
फेसबुक पेज पनि रहेको छ । सबैको अगाडि आफ्नो कला प्रस्फूटन गर्दा
, बोल्दा,
कलामा
निखारता मात्रै नभई आफ्नो बाचनकला साथसाथै आत्मविश्वासमा पनि ठूला कला साथसाथै
आत्मविश्वासमा पनि ठूलो बृद्धि भएको फोकलमा निरन्तर आइरहने सहभागीहरुले बताएका छन्
। यस महिनाको कार्यक्रममा थुप्रै नयाँ अनुहारहरुकोे उल्लेनिय सहभागीता देख्न
पाउँदा आफू निकै खुशी भएको  र छिट्टै
भविष्यमा फोकलले ठूलो र विस्तारित रुप लिने कुरामा कुनै शंका नभएको कार्यक्रममा
सहभागी अन्जल डोटेलले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्