
पूर्वमा ‘अण्डरकटिङ’ भएकोबारे सिए सरोकारले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेपछि इटहरी उपमहानगरपालिकाको लेखा परिक्षण गर्ने काम पाएका लेखा परीक्षक कामको सम्झौता गर्न नगएको खबर आएको छ। समाचार सम्प्रेषण भएपछि उनीमाथि चौतर्फी दवाव बढेको थियो। आइक्यानको नियम अनुसार गर्न नपाइने कार्य गरेको पाइएपछि आइक्यानबाट कारवाही हुने डरले उनी कामको सम्झौता नै गर्न नगएको बुझिएको छ। अन्य विवरण आउन बाँकी छ।
स्मरण रहोस् आइक्यानको हालको नियम अनुसार कुनै पनि उपमहानगर पालिका को लेखा परिक्षण ५००००० भन्दा कम शुल्क मा गर्न पाई दैन। तर पूर्वको इटहरी र धरान उपमहानगरपालिकामा लेखा परिक्षण गर्न भनी ५५००० र ६०००० को दरखास्त परेपछि सिए सरोकारले त्यसको विरोध गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस्