Skip to content

सिए विद्यार्थीहरुलाई लक्षित गर्दै वेब पोर्टल आउंदै, अनलाइन भिडियो कक्षाहरु समेत राखिने

विशेष गरी सिए विद्यार्थीहरुलाई लक्षित गर्दै वेब पोर्टल नेपाली बजारमा आउने भएको छ।  विद्यार्थीहरुलाई चाहिने हरेक किसिमका जानकारी, सुचना तथा पाठ्य सामाग्री सहितको उक्त पोर्टल छिट्टै नै ‘लाइभ’ गरिने बताइएको छ।  सिए अध्यापन क्षेत्रमा क्रियाशील एक चार्टड एकाउन्टेन्टले यस्तो पोर्टल नेपाली बजारमा ल्याउन लागेको बताइएको छ।  
अहिले नै आफ्नो र पोर्टल को नाम सार्वजनिक नगर्ने सर्तमा उनले भने,’ नेपाली सिए विद्यार्थीलाइ निकै नै उपयोगी हुने हिसाव ले हामीले पोर्टलको निर्माण गर्दैछौं। ‘ कहिलेसम्म उक्त पोर्टल नेपाली बजारमा आउँछत भन्ने सिए सरोकारको प्रश्नमा उनले पोर्टलको निर्माण कार्य भईरहेको र दशैंको उपलक्षमा उक्त पोर्टल सार्वजनिक गरिने बताएका छन्।
उक्त पोर्टलमा अनलाइन भिडियो कक्षाहरु समेत राखिने पोर्टल निर्माताको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।