Skip to content

जुनमा स्थगित भएको एसीसीएको परिक्षा सुरु, अक्टोबर १९ सम्ममा नतिजा आउने

गत बैसाखमा  विनासकारी भुकम्प  स्थगित भएको एसीसीएको परिक्षा  सुरु भएको छ। उक्त परिक्षाको नतिजा भने अक्टोबर १९ सम्ममा प्रकाशित हुने  बताईएको छ। नेपालबाट पनि उल्लेखनिय संख्यामा विद्यार्थीहरु परिक्षामा सामेल भएका छन्। सामेल हुने विद्यार्थीहरुमध्ये अधिकांस नेशनल कलेज अफ एकाउन्टेन्सीमा  अध्ययन गरेका विद्यार्थीहरु छन् भने केहिको संख्यामा ब्रिटिश कलेज, र स्वेक्षिक रुपमा अध्ययन गर्ने विद्यार्थीहरु छन्।
नतिजाको मामलामा भने एसीसीए निकै नै अगाडि देखिएको छ।  आजबाट सुरु भएको परिक्षाको नतिजा अक्टोबर १९  मा अर्थात एक महिनाको हाराहारीमा प्रकाशित हुने भएको छ।  यसका साथै आजबाट सुरु भएको परिक्षापछि विद्यार्थीले तुरुन्तै आउँदो डिसेम्बरको परिक्षाका लागि अक्टोबर अन्तिमसम्ममा आबेदन दिन सक्ने बताइएको छ।
यसअघि  भुकम्पकै कारण स्थगित भएको आइक्यानको परिक्षा गत जुलाईमा  सम्पन्न भएको थियो भने आइसीएआइको परिक्षाको नतिजा निस्कीसकेको छ।

प्रतिक्रिया दिनुहोस्