Skip to content

सिए सरोकारको समाचार प्रभाव, अन्डरकटीङमा ‘अडिट’ गर्ने सपना भयो चकनाचुर

पूर्वको इटहरी नगरपालिकामा आईक्यानको नियम बिपरित लेखापरीक्षण गर्न बिडीङ गरेको समाचार सिए सरोकारले प्रकाशित गरेपछी त्यसले नेपाली सिए बजार निकै नै तताएको थियो । यसै क्रममा सिए सरोकारले निरन्तर रुपमा फलोअप गरेपछी चौतर्फी दबाब बढेपछी आरए सुरेश श्रेष्ठले उक्त काम आफुलाई परेको भए पनि नगर्ने जानकारी गराई उक्त काम फिर्ता लिएको खबर छ । उनले उक्त काम फिर्ता लिएपछी इटहरी नगरपालिकाले पुन: ‘विडीङ’  प्रक्रिया थालनी गर्ने भएको छ ।

यता आरए श्रेष्ठले आईक्यानमा पनि मौखिक स्पष्टीकरण दिएको खबर छ । स्रोतका अनुसार उनले आफुलाई थाहा नभएकाले भुलबस् त्यस्तो हुन गएको आइक्यानलाई मौखिक स्पष्टिकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्