Skip to content

यो तीजमा जुनकिरीसँग नाचौं बरी लै !

ऋषि  अधिकारी, 
दिल्ली ब्युरो, सिए सरोकार। 
भारतमा रही सिए अध्ययन गरीरहेका नेपाली  महिला विद्यार्थीहरुको संघ, जुनकिरी (फायर फ्लाइज) एसो सिएसन अफ नेपालले तीजको अवसरमा एक विशेष कार्यक्रम गर्ने भएको छ ।  यहि १३ सेप्टेम्बर, आइतबारका दिन नयाँ  दिल्ली स्थित लक्ष्मीनगरमा रहेको टपर्स इन्स्टिच्युटमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा दिल्लीमा रही सिए अध्ययन गरिरहेका तथा अन्य नेपालीहरु मिलेर तीज मनाउने कार्यक्रम रहेको बताइएको छ।  कार्यक्रममा ताण्डव नृत्य, अन्य सांगीतिक प्रस्तुती र  केहि अन्य खास प्रस्तुती पनि रहेको बताइएको छ । 
भारतमा रहेका महिला विद्यार्थीहरु वा अन्य नेपाली नारीहरु तीज जस्तो महान चाडका बेलामा पनि घर जान नपाउने हुनाले र नेपाली दिदिबहिनीहरु बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै जाने उदेश्यले यस खाले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । जुनकिरीले यसखाले कार्यक्रमसँगै विभिन्न समाज सेवाका कार्यक्रम हरु पनि बेला बेलामा गर्दै आएको छ । 
कार्यक्रममा सिए सरोकार अफिसियल मिडिया पार्टनरको रुपमा रहने छ । 

प्रतिक्रिया दिनुहोस्