
विषय : नयाँ संविधानको शुभकामना
जनप्रतिनिधिद्धारा निर्मित संविधानसभाबाट संविधान लेख्ने नेपाल र नेपालीको चाहना करिव ७ दशक लामो समयको अन्तराल र थुपै्र आन्दोलनहरु पश्चात् सम्पन्न भएको छ । आजको यस दिन सम्म आइपुग्न थुप्रै नेपाली आमाका सन्तानहरुले अकालमा जीवन गुमाउनु परेको छ र आजको दिनमा पनि आन्दोलनको क्रममा घाइते भएका सपुतहरु मृत्युसँग संघर्ष गरिरहेका छन् । आजको यस शुभ–अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धानजली अर्पण गर्देै घाइतेहरु प्रति शिघ्र–स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।
विश्व इतिहासमा दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न गरेर बनेको संविधानसभाबाट संविधान लेखन कार्य संम्पन्न गर्न सफल नेपाल पहिलो राष्ट्र बनेको छ । संविधान लेखनकार्य सम्पन्न गर्न संविधानसभामा उपस्थित सम्पूर्ण राजनीतिकदलका नेताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विभिन्न एजेन्डाका साथ संविधानसभा पुगेका विभिन्न राजनीतिक दलहरुलाई एकै ठाँउमा राखेर संविधान निमार्ण कार्य सम्पन्न गरेका प्रधानमन्त्री शुशिल कोइरालालाई विशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै संविधान निमार्णमा महत्वपूर्ण भूमिका निवाह गर्ने नेताहरु के. पि. ओली, प्रचण्ड, शेरवहादुर देउवा, विजय कुमार गच्छादार, माधव कुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौड्याल, कृष्ण प्रसाद सिटौला लगायत अन्य नेताहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
नयाँ संविधानको समर्थनमा कुनै ठाउँमा स्वागत कार्यक्रमका साथै दीप प्रज्वलन सुरु हुँदैै छ भने अर्काे कुनै ठाउँमा यसको विरोध । प्रकृयागत रुपमा संविधान निर्माणमा कुनै प्रकारका संवैधानिक प्रश्न उठाउने ठाउँ छैन, किनकी संविधानका प्रत्येक धाराहरु दुई तिहाई भन्दा बढि मतकासाथ पारित भएका छन् । तर, सात दशक लामो संघर्षपछि वनेको संविधान दुइ तिहाइ भन्दा सर्वसम्मतिबाट बनाउन सकेको भए अझ उत्तम हुन सक्थ्यो । संविधान घोषणाको दिनमा पनि अधिकार प्राप्तिकालागि तराइका विभिन्न ठाउमा आन्दोलन भइरहेका छन् । संविधान जारी गरिसकेपछि पनि जनताका जाहेज माग पुरा गर्न संविधानका धाराहरु संशोधन गर्न सकिन्छ । आशा गरौं जनताका जाहेज माग संबोधन गर्न राजनीतिक दलहरु अग्रसर हुनेछन् ।
राम्रो समाज र राष्ट्र निमार्णको लागि संविधानको जुन तहको भूमिका रहन्छ त्यो भन्दा महत्वपूर्ण भूमिका संविधानलाई उत्कृष्ट बनाउन समाज र राष्ट्रको रहन्छ । सम्पूर्ण नेपालीहरुले आजकै दिनबाट संविधानको पालना गरेमा यो संविधान उत्कृष्ट बन्ने छ । नेपालमा पछिल्लो सात दशकमा सात थान संविधान लेखिए छन् तर नेपालले राजनीतिक स्थायीत्व र आर्थिक संमृद्धि प्राप्त गर्न सकेन । हामी आशा गरौं यो संविधानले नेपाललाई राजनीतिक संकटको चक्रव्यूबाट निकास दिने छ र नेपाल आर्थिक क्रान्तिको बाटोमा अग्रसर हुने छ ।
२००० सालको सेरोफेरोबाट वि.पि. कोइरालाले सुरु गर्नु भएको सामाजिक क्रान्तिको अभियान नयाँ संविधान घोषणासँगै सम्पन्न भएको छ । आन्दोलनबाट प्राप्त भएका अधिकारहरुलाई संस्थागत गर्न देशमा आर्थिक क्रान्तिको जरुरी हुन्छ । तसर्थ अवको समय देशलाई आर्थिक रुपमा मजवुद र शक्तिशाली बनाउनेमा लगाउनु पर्छ । ऋजबचतभचभम ब्अअयगलतबलत हरुको देशको अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ हामी शिक्षित र उत्तिर्ण भइसकेका अथवा हुँदै गरेका सिएहरु नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजान अग्रसर हुनुपर्छ ।
अन्ततः आजको सुखद उपलक्ष्यमा सम्पूर्ण सिए, सिए विद्यार्थी, गुरुहरु लगाएत सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।
जय नेपाल !
पदम भट्टराई
अध्यक्ष
CA- NSU
प्रतिक्रिया दिनुहोस्