Skip to content

आफ्नो इज्जतको पनि ख्याल गरन आइक्यान ! यस्तो सूचनाको आधिकारिकता कसरी पुष्टि गर्ने ?

आइक्यानले केहि समय अगाडी लेखापरिक्षण शुल्क बढेको र बढेको लेखा परिक्षण शुल्क नलिए कारवाही गर्ने चेतवानी सहितको सुचना सार्वजनिक गरेको थियो। त्यसपछी पनि बढेको लेखापरीक्षण शुल्क भ्याट बाहेक हो वा भ्याट सहित हो भन्ने विभिन्न चर्चा र परिचर्चा हुन थाल्यो।  लामो बहसपछी आइक्यानले लेखा परिक्षण शुल्क भ्याट बाहेक भएको सुचना त निकाल्यो तर यो सुचनाले विभिन्न लेखापरिक्षकहरुलाई अपेक्षाकृत सजिलो भने बनाएन। 
तलको यो सुचना हेर्नुहोस्।  सुचनामा ‘संस्थाले हालै जारी गरेको न्युनतम लेखापरीक्षण शुलक  मूल्य अभिवृद्धि कर (VAT) बाहेक भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ लेखिएको छ।  सुचनामा अन्य केहि जानकारी गराइएको छैन।  न त सुचना कसले निकालेको हो, वा कसले ‘ भेरिफाइ’ गरेको हो भन्ने स्पष्ट नै छ । अन्य सुचनामा जस्तो यो सुचनामा आइक्यानको लोगो, वा आइक्यानको ठेगाना पनि छैन।४ कक्षाको विद्यार्थीले ‘लभ लेटर’ लेखेको शैलीमा निकै ठाडो भाषामा सुचना प्रकाशित गरिएको छ। 
आइक्यानको वेब साइटनै हेर्नेहरुलाई त ‘आइक्यानको वेब साइटमा आएको छ’, भन्ने होला तर यहि सुचना कतै लगेर स्पष्टिकरणको रुपमा प्रयोग गर्नु पर्यो भने कसरी गर्ने ? सरकारी सुचनामा कुन संस्थाले सुचना निकालेको हो, कसको प्रतिनिधित्वमा सुचना निस्किएको हो भन्ने स्पष्ट हुनुपर्छ।  तर यो सुचनामा त्यस्तो केहि छैन। कतै तपाइले यो सुचना लगेर कसैलाई देखाउनु भयो भने त्यसको आधिकारिकता पुष्टि कसरि गर्नुहुन्छ ? माथि आइक्यानको वेब साइटको स्क्रिन शट लान्छु भन्नुहुन्छ भने त त्यस्तो सामान्य फोटोशपबाट गर्न मिल्छ भन्ने सबैलाई थाहा छ।  न आइक्यानको लोगो छ, न कसैको हस्ताक्षर, न आइक्यानको साइट ह्याक भएर पो त्यस्तो भएको हो कि ? जवाफ कसरी दिने ? एउटा सामान्य मान्छेले समेत यो सुचनालाई आइक्यान कै सुचना हो भन्न गाह्रो हुन्छ। 
आइक्यानको एन अनुसार काउन्सिलले गरेको कुनै पनि निर्णयमा कुनै पनि विवाद वा अस्पष्टता आए त्यसको निर्णय गर्ने अधिकार आइक्यानको काउन्सिललाई नै छ , तर यो सुचना निकाल्दा कुनै आइक्यान काउन्सिलको बैठकबाट यो विवाद वा अस्पष्टतालाई हटाएको भन्ने उल्लेख गरिएको छैन।  यता यो जानकारी गराउने भन्ने काउन्सिलको कुनै निर्णय नभएको बुझिएको छ।  अनि कसले दियो त अधिकार यस्तो सुचना निकाल्ने ? के आइक्यानका कर्मचारी हरुलाई यस्तो सुचना निकाल्ने अधिकार छ ? छ भने आइक्यानको कुन नियममा  वा एनले दिएको छ त्यो स्पष्ट पार्नु पर्दैन र ? 
विद्यार्थीबाट जहिले पनि राम्रो र स्पष्ट उत्तर खोज्ने आइक्यानले यासबरे पनि सोच्ने कि ?
उता यस्तो महत्वपूर्ण सुचना आइक्यानको वेब साइटमा मात्र प्रकाशित गरेर हुन्छ र ? आइक्यानको परिक्षा लगायत सबै जसो बिषयलाई दैनिक पत्रिका मार्फत सुचना गर्ने आइक्यानले यस्तो महत्वपूर्ण बिषयमा किन यस्तो लापरवाही गर्यो ? यदी पत्रिकामा छापेको छ भने त्यहि ‘कटिङ’ राख्दा हुँदैन थियो र ? बढेको लेखा परिक्षण शुल्क सम्बन्धि नै विभिन्न खाले बिबादहरु निस्किएका बेला के आइक्यानले निकालेको यो ‘झुर’ सुचनाले ती विवादहरुलाई सम्बोधन गर्न सक्ला र ?  

प्रतिक्रिया दिनुहोस्