Skip to content

आइसीएआइको नक्कली सर्टिफिकेट देखाएर जाखिर खान खोजेपछी…

संजय चौधरी एण्ड एसोसिएटसले केहि समय अगाडी सिए, आर्टिकल तथा ट्रेनीहरुको आवश्यकता भनी एउटा सुचना सार्वजनिक गर्यो।  सार्वजनिक सुचनाका अधारमा विभिन्न विद्यार्थी तथा सिएहरुले उक्त आवेदनमा दरखास्त दिए।  दर्खास्त दिनेहरुलाई छनोटका लागि उक्त फर्मले लिखित परिक्षा समेत लियो।  २५ नम्बरको कुल परिक्षामा जम्मा ३ नम्बर ल्याएका एक दरखास्त आहवानकर्ताको सर्टिफिकेट जांच गर्दा उक्त सर्टिफिकेटलाई ‘डिजिटल सम्पादन’ गरिएको पाइएपछी उक्त घटनालाई फर्मका संचालक सिए संजय चौधरीले सार्वजनिक नै गरिदिए।   
यस्तो छ संजय चौधरीले लेखेको फेसबुक स्ट्याटस :

आइसीएआइ अन्तर्गत सांकेतिक अंक १६२०१६ भएका बलराम पोखरेलले उक्त सर्टिफिकेट संजय चौधरी एण्ड एसोसीएटसमा बुझाएका थिए।  दुवै सर्टिफिकेटमा Group II देखेपछी संजय चधरीले उनलाई यसबारे जानकारी गराएका थिए।  जवाफमा सिए चधरीलाई बलराम पोखरेलले डिजिटल सम्पादन गर्दा भुल भएको बताएको सिए संजय चौधरीले हामीलाई जानकारी गराए।  आइसीएआइको नियम अनुसार सर्टिफिकेटलाइ डिजिटल सम्पादन गरी कतै पेश गर्नु गैरकानुनी हो।  
के भन्छन् आइसीएआइ प्रतिनिधि ? : यसबारे जानकारी लिन हामीले आइसीएआइ प्रतिनिधिलाई सम्पर्क गरेका थियौं।  उनले यस्तो कुरा निकै नै गम्भीर बिषय भएकोले आफु समय निकालेर हामीसंग कुरा गर्ने बताएका छन्।  उनले आफु एक बैठकमा रहेको र बैठक सकिने बितिकै हामीलाई सम्पर्क गर्ने बताएका छन्। 
यस्तो छ उनले फर्ममा बुझाएको सर्टिफिकेट:

स्रोत : नेप्लिज डट ओआरजी 

प्रतिक्रिया दिनुहोस्