
नाकाबन्दीका कारण जीएमसीएस तालिम हुन नसकेको भनाइ आइक्यान प्रतिनिधिहरुको छ। तर केहि सिएहरु भने नाकाबन्दीलाइ कारण देखाउँदै आइक्यान नेतृत्वले आफ्नो स्वार्थपूर्तिका लागि नियोजित रुपमै तालिम सम्पन्न नगराएको आरोप लगाएका छन् । समयमै उक्त तालिम सम्पन्न भएको भए फ्रेश सिएहरुले पुष मसान्त सम्ममा केहि काम गर्न पाउँथे भने अर्को बर्षका लागि ‘अपोइन्टमेन्ट’ समेत लिन पाउँथे। तर आफ्ना केहि क्लाइन्टहरु खोसिने डरले नाकाबन्दीको कारण देखाउंदै आइक्यान नेतृत्वले समयमै जीएमसीएस तालिम नगराएको सिएहरुको आरोप छ।
यस अघि समयमै काउन्सिल बैठक नबसेर एफसीएका लागि परेको आवेदनमा समेत सुनुवाई नगरेको भनी आइक्यान अध्यक्षमाथि नियजित रुपमा यस्तो गरेको आरोप लागेको थियो। आइक्यान अध्यक्ष प्रकाश लम्शाल जम्बो टोलि सहित विदेश भ्रमणमा छन् भने सिए तथा विद्यार्थीको गाली खाइने डरले आफ्नो फेसबुक समेत डीएक्टिभेट गरेर बसेका छन्।
प्रतिक्रिया दिनुहोस्