Skip to content

आइक्यान बोर्डका पहिलो सिएले छोडे महालेखाको जागिर, आगामी दिनको लागि शुभकामनाको वर्षा !

नेपाल बोर्डका पहिलो सिए भवनाथ दाहालले महालेखा परीक्षकको कार्यालयबाट राजिनामा दिएका छन्।  आज सिए दाहालले सामाजिक संजालबाट आफुले महालेखा परीक्षकको कार्यालयबाट राजिनामा दिएको बताएका छन्।  बिगत लामो समय देखि उक्त कार्यालयमा जागिरे जीवन बिताएका दाहाललाइ नेपालका ‘ट्याक्स गुरु ‘को रुपमा समेत चिनिन्छ। 
आइक्यानका काउन्सिल सदश्य समेत रहेका दाहालले महालेखाको जागिर छोडेको सार्वजनिक गरेपछि उनलाई आगामी दिनका लागि बधाई तथा शुभकामनाको ओहिरो लागेको छ।  ‘महालेखाको जागिरपछी के ?’ भन्ने बिषय नाखुलाएका दाहाल प्राइम सिएका ट्याक्स बिषयका शिक्षक समेत हुन्। 
नेपाल बोर्डबाट उतिर्ण पहिलो सिए र करका ज्ञाताको रुपमा निकै नै चर्चित बनेका दाहाललाइ हाम्रो पनि आगामी दिनका लागि शुभकामना !

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।