Skip to content

आइक्यानको परिक्षा डिसेम्बर १ तारिखदेखि (तालिका सहित)

आइक्यानको परिक्षा डिसेम्बर १ तारिखदेखि हुने भएको छ  (तालिका  सहित)
यो पनि पढ्नुहोस् :
नसर्ने भो परिक्षा ! आइक्यान भन्छ ‘गाडी चलेको छ, विद्यार्थी परिक्षा केन्द्रसम्म पुग्न सक्छन्’
भारतले गरेको अघोषित नाकाबन्दीका कारण मारमा परिरहेका विद्यार्थीलाई अर्को तनाव थपिएको छ। आइक्यानले हालको स्थितिमा परिक्षा नसार्ने भएको छ ।  आइक्यानले यहि डिसेम्बर १ तारिखदेखि क्याप वान , क्याप टु र क्याप थ्री का साथै सिए सदश्यता परिक्षा समेत संचालन गर्ने भएको छ । 
आइक्यानका परिक्षा विभागका प्रमुख श्याम मणि दाहालले आर्थिक अभियानसँग कुरा गर्दै भनेका छन्, ‘यातायातका साधन चलेका छन्, विद्यार्थी परिक्षा केन्द्र सम्म पुग्न सक्छन् ।’
यता विद्यार्थीहरु भने बनेपा, धुलीखेल, नगरकोट, थानकोट लगायतका ठाउँबाट परिक्षा केन्द्र सम्म पुग्न निकै नै अफ्ठ्यारो हुने बताउँछन् ।  भारतले सम्पूर्ण नेपालीलाई असहयोग गरेको बेलामा विद्यार्थीलाइ थप समस्या पर्ने गरी परिक्षा दिन लगाएर आइक्यानको हालको नेतृत्वले आफूमाथि बिगतमा लागेको भारत परस्त भन्ने आरोपलाइ अझै बढावा दिएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।