Skip to content

आइसीएआइको चुनावी रौनक, नेपाली सिएहरुले पनि गरे मतदान

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 
आइसीएआइको ‘सेन्ट्रल काउन्सिल’को चुनाव हिजो र आज गरी सम्पन्न भएको छ । आईसीएआई अन्तर्गतका सिएहरुले मतदान गर्न पाउने यो चुनावमा  कुल २,२७,५५५ मतदाता रहेका छन् जस मध्य पूर्वी भागमा ३६,७२० पश्चिममा ७८,४३९ , उत्तरमा ४६,०५९ , दक्षिणमा ४४,४०२ र सेन्ट्रलमा ३६, ७२० मतदाताले मतदान गर्न पाउनेछन् ।  २५०० र सो भन्दा बढि सिए सदस्यता भएका शहरहरुमा हिजो मतदान भएको थियो भने आज भारत भरि नै मतदान सम्पन्न भएको छ। 
बाढीकाकारण चेन्नईका धेरै भू-भागहरुमा भने हिजो चुनाव हुन नसकेकाले आज चुनाव सम्पन्न भएको आई सी ए आई द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। 
२३औ सेन्ट्रल काउन्सिलको चुनाबमा कुल ३२ जना केन्द्रिय सदस्य चुनिने छन्।  जस मध्यपूर्वी भारतबाट ३ जना, पश्चिमबाट ११ , उत्तरबाट ७, दक्षिणबाट ६ र सेन्ट्रलबाट ५ जना सदस्य चुनिने छन्। यस पटकको चुनाबमा उत्तर भारतको दिल्लीमा पनि निकै नै रौनक बढेको छ। हामीले समाचार तयार गर्दा सम्म मतदान केन्द्रमा नेपाली सिएहरुको पनि उल्लेखनिय सहभागीता रहेको थियो। आइसिएआइ अन्तर्गतका सिएहरु जो नेपालमा भएकाहरुको लागी भने पोस्टल ब्यालोटको माध्यम बाट मतदान लिईएको थियो। पोस्टल ब्यालोटको माध्यमबाट मतदान नहुनेहरु भने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने आइसिएआइले सिए सरोकारका दिल्ली ब्युरो प्रमुख ऋषिराम अधिकारीलाइ जानकारी दिएको छ।  दिल्लीमा भने कुल ११ ओटा मतदान केन्द्र रहेका छन। बिहान  ८ बजे देखि बेलुका ८ बजे सम्म चल्ने मतदानमा चुनाबमा उठेका उम्मेद्वारहरु पनि उपस्थित भएका छन्। सिए सरोकारसंग कुराकानी गर्दै उम्मेदवारहरुले नेपाली सिए बिद्यार्थी र सिएहरुको लागि हिजो पनि सहयोग गरेको र आउने दिनहरुमा पनि अझ प्रभावकारी ढंगले अगाडी बढ्ने बताएका छन्। 
मतदानको गन्ति कहिले देखि हुने भन्ने कुरा तय नभएता पनि, डिसेम्बरको अन्त्यमा हुने अनुमान गरिएको छ।     

प्रतिक्रिया दिनुहोस्