आइक्यानकी ‘गायिका मिस’को नयाँ गीत ,’आफ्नो त भर छैन कसको लिनु ठेक्का ?’ (समिक्षा सहित)
सिए सरोकार
कृष्णा बिसी । लोक गीत क्षेत्रमा कुनैबेला औधि चलेको नाम । आइक्यानको जागिरले कता कता ओझेलमा परेकी प्रतिभा । हुनत आजकल उनलाई सिए विद्यार्थीहरुले पनि भन्ने गर्छन ‘ आइक्यानकि गायिका मिस । ‘ आफ्नो प्रतिभालाइ मर्न नदिन बेला बेलामा नयाँ गीत ल्याइरहेकी छिन् । विशेषगरी लोक गीतमा आफ्नो प्रतिभा निखारेकी कृष्णा बिसीले तेजस रेग्मीको लय र सब्दमा अर्को नयाँ गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
गीतको राम्रो पक्ष : गीतको बोल ‘ हातमा तिण्टा एक्का, जिन्दगीमा आफ्नो त भर छैन कसको लिनु ठेक्का ? ‘ उनको स्वर उस्तै सुमुधुर छ । तिखो तर मीठो । उनलाई साथ् दिएका छन् गायक लेखनाथ आचार्यले । लोक गीत सुन्नेहरुका लागि लय नयाँ नभए पनि सब्द निकै मिठा छन् । मीठा मात्र होइन सब्दहरु निकै दरिला पनि छन् । गीत मनोरन्जनका लागि भए पनि कता कता जीवनको यथार्थ झल्काउँछ गीतले । कृष्णाको स्वर अझ खारिएको छ । समग्रमा गीत निकै राम्रो छ । गीतको म्युजिक भिडियोमा लिड महिला मोडलको नृत्य दमदार छ ।
गीतको कमजोर पक्ष : गीत मिठो हुँदा हुँदै पनि गीतको म्युजिक भिडियो औसत मात्र बनेको छ । गीतको म्युजिक भिडियो सस्तोमा निकालिएको भान हुन्छ । कलाकारको नृत्य निकै दमदार भएपनि ‘लोकेसन सेलेक्सन’ निकै नै कमजोर छ । छायांकन औसत भए पनि सम्पादनमा ‘कलर करेक्सन’ कमजोर छ । गीतको बीचमा गरिएको ‘क्रोमा’ सम्पादन त्यति सुहाएको छैन । निर्देशकको मेहेनत राम्रो देखिएपनि महिला पक्षका कोरस कलाकारको हाउभाउ कमजोर देखिन्छ ।
यी प्राविधिक कुराहरुलाई छोड्ने हो भने कृष्णाको प्रयास निकै नै राम्रो छ । फुल टाइम जागिरसँगै सांगीतिक छविलाई उस्तै, दुरुस्त राख्नु उनको चुनौती हो, जसलाई उनले न्याय गरेकी छिन् । ढिलै भए पनि राम्रो गीत ल्याएकी छिन् । उनको यस अघिको गीत ‘ जय शिव सम्भो’ पनि निकै नै राम्रो थियो । दर्शक तथा स्रोताले निकै नै मन पराएका थिए । कृष्णाको यो प्रतिभा अझै कायम रहोस् हाम्रो शुभकामना ! हेर्नुहोस् भिडियो :
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्