ऋषिराम अधिकारी
दिल्ली ब्युरो, सिए सरोकार ।
वर्तमान नेपाल जटिल र दयनिय अवस्थामा पुगेको अनुभुति गर्दै प्रवासमा रहने विधार्थीहरूले सबै जिम्मेबार पक्षहरुलाई दबाब सिर्जना गर्ने उदेश्यले भारतमा रहेर सि.ए अध्यान गर्ने नेपाली विधार्थीहरूको समूह हातेमालो नेपालो विधार्थी समूहले हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । केहि साताअघि सम्पन्न गरिएको उक्त हस्ताक्षर संकलन गरी हातेमालोका सचिवले प्रतिनिधित्व गर्दै प्रधानममन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सिए सरोकारसँग कुराकानी गर्दै यादवले सत्तापक्ष र आन्दोलनकारी दुवै अत्यन्त गैर जिम्मेवार र अव्यवहारिक भएको र जनताको हित र राष्ट्रहितमा हुनुपर्ने र गरिनुपर्ने कार्यहरूभन्दा आफ्नै पार्टीगत स्वार्थ पूर्तीमा जनप्रतिनिधि र नेतृत्व भुलिरहेको भनेर आक्रोश पोखेका छन् ।
आम जनजिविकामा प्रत्यक्ष असर पर्ने बस्तुहरूको आपूर्ती र नाकामा भैरहेको अवरोधलाई व्यवस्ताप्रति सरकारलाई ध्यानाकर्षण गर्न र वर्तमान मधेशको जटिल र कष्ठकर परिस्थितिलाई समाधान गरेर आम जनजीवन सामान्य अवस्थामा फर्काउन अनि हिमाल,पहाड र मधेश बीचको सम्बन्धलाई अझै गाढा बनाई एकताको सन्देश दिएर जनतालाई प्रगती पथमा हिड्ने वातावरण सिर्जना गर्न अग्रसर हुन सरकारलाइ आग्रह गरेको, अर्की प्रतिनिधि सिविरा लामाले बताईन ।

आन्दोलनकारी र सरकार दुवैलाई गम्भिर भएर मानव अधिकार हनन् भैरहेको अवस्था प्रति ध्यानाकर्षण गराउन ११०० बिद्यार्थीहरुको हस्ताक्षर लिई नेपाल पुगेका थिए। भेटका क्रममा प्रधानमत्रीले प्रवासमा रहेका विद्यार्थीहरुले गरेको यस कामको प्रशंसा गर्दै छिट्टै नै देशले निकास पाउने बताएका छन् । उक्त टोलि पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटि ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्