
विद्यार्थीसँग जनही २००० रुपैयाँ रकम उठायो आइक्यानले, जवरजस्त । त्यसमाथि पनि दुइ-दुइ चोटी उद्घाटन गरियो आइक्यानको भवन ! विद्यार्थीको पैसामा मस्ती नै मस्ती छ आइक्यानका ठुलाबढालाइ । तर आइक्यानका विद्यार्थीहरुको छाता सङ्गठन एनकासालाइ भने नयाँ भवनमा कोठा नदिइने भएको छ । बिगतमा एनकासालाइ आइक्यानले नयाँ भवनमा छुट्टै कोठा दिने बताइएको थियो । यद्यपी आइक्यानले एनकासालाई यस बिषयमा ‘कन्भिन्स’ गरेको पाइएको छ। एनकासालाई भनेर आइक्यानको नयाँ भवन पछाडिको पूरानो घरको कोठा आइक्यानकै भाषामा ‘मेन्टेनेन्स’ गरेर दिइने बुझिएको छ । नयाँ भवनमा कोठा पाउने आश भने अव तुहिएको छ ।
के भन्छन् एनकासाका अध्यक्ष ? : एनकासाका अध्यक्ष अनील आचार्यले ‘आइक्यानले आफुहरुलाई पूरानो भवनमा कोठा दिने बताएका छन् । आइक्यानले एनकासालाई कोठा नदिने भयोरे नि हो ? भन्ने सिए सरोकारको प्रश्नमा अनील आचार्यले भने ,’ कोठा नदिने भनेको होइन । दिने हो । तर आइक्यान पछाडिको पूरानो भवन ‘मेन्टे नेन्स’ गरेर दिने हो । ‘ अनि पैसा लिने बेला विद्यार्थीको अनि नयाँ भवनमा कोठा नदिने ?’ भन्ने सिए सरोकारको प्रश्नमा एनकासा अध्यक्ष भन्छन्, ‘ आइक्यानको भवनभन्दा छुट्टै बस्न राम्रो हुन्छ । कोठा ठुलो पनि छ ।’
प्रतिक्रिया दिनुहोस्