
ऋषिराम अधिकारी
दिल्ली ब्युरो, सिए सरोकार
सिए नेपाल विद्यार्थी संघ दिल्लीको दोस्रो अधिवेशन १० जनवरी, २०१६ मा गर्ने तय भएको छ। कार्यसमितिको निर्णय अनुसार कार्यक्रम लक्ष्मीनगरको टपर्स इन्स्टिट्युट, यु-८६ मा गर्ने भएको छ। उक्त कार्यक्रमबाट दोस्रो कार्यकारी समिति चयन गर्ने छ। कार्यक्रमका मुख्य आकर्षण भने नेपाली कांग्रेसका दुई प्रभाबशाली युवा नेता गगन थापा र विश्व प्रकाश शर्मा रहने जानकारी सिए सरोकारलाई दिएको छ।
कार्यक्रममा बि पी स्मृति फुटबल टुर्नामेन्टका बिजेताहरुलाई पुरस्कार बितरण समेत गरिनेछ। आईसीएआई अन्तर्गतको सिपिटि, आइपिसिसी र फाइनल उत्तीर्ण हुनेहरुलाई पनि सम्मान गरिने भएको छ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको संघारमा रास्ट्र ब्यापी दौडान गरिरहदै गर्दा पनि नेपाली कांग्रेसका २ प्रभावशाली युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माको अधिवेशनमा उपस्थिति रहने सिए नेपाल विद्यार्थी संघ दिल्लीले सिए सरोकारलाई जानकारी दिएको छ। सिए नेपाल विद्यार्थी संघ दिल्लीको पछिल्लो कार्यक्रममा गगन थापा आउने धेरै चर्चाका बाबजुत पनि उनको उपस्थिति हुन नसके पनि यस अधिवेशनमा भने आउने पक्का भएको सिए नेपाल विद्यार्थी संघ दिल्लीका सचिव गिरु न्यौपानेले दाबी गरेका छन्। नेपाली युवा पुस्तामा निकै नै लोकप्रिय रहेका नेपाली कांग्रेस यी दुई नेताले अबको नेपाल कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुराको रोड म्याप प्रस्तुत गर्ने समेत सिए सरोकार लाई जानकारी दिएको छ।
दोश्रो अधिवेशनको बन्द सत्र कार्यक्रमबाट सिए नेपाल विद्यार्थी संघ दिल्लीको दोश्रो कार्यसमिति चयन हुने बताइएको छ। त्यसकारणले सिए नेपाल विद्यार्थी संघ दिल्लीले संघमा आबद्ध भइ काम गर्न इच्छुक सिए विद्यार्थीहरुलाई हालको कमिटीमा रहेका कुनै पनि पदाधिकारीसग सम्पर्क गर्न सक्ने संघले जनाएको छ।
स्थापना समय देखि हालसम्म आइपुग्दा, सिए बिद्यार्थीहरुमा प्रभाबशाली काम गरेर लोकप्रिय बनेको सिए नेवि संघ दिल्लीले नेपालको विद्यार्थी संघ र नेपाली कांग्रेसमा पनि राम्रो उपस्थिति जनाइसकेको छ। दुई युवा नेता बीच अधिवेशन गर्न पाहुदा सभापति पदम भट्टराई निकै खुशी भएका छन्। बिगतका दिनमा संघले नेपालमा आइपरेको प्राकृतिक बिपत्तिमा पनि धेरै सहयोग गरेको छ। अधिवेशन नजिकिदै गर्दा संघको सभापति भने को हुने भन्ने खुलासा भएको छैन।
प्रतिक्रिया दिनुहोस्