
नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान) ले सिन्धुपाल्चोक जिल्लाको ज्यामिरेस्थित भूकम्प प्रभावित विद्यालय जनता माध्यमिक बिद्यालयलाई सहयोग स्वरुप रू. १५०,००० प्रदान गरेको छ । संघका अध्यक्ष भरत रिजाल तथा महासचिव रमेश धितालले सो विद्यालयका प्रधानाध्यापक ठाकरनाथ कुइंकेललाइ हालै उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानाध्यापक कुइंकेलले चेक ग्रहण गर्दै संघको सहयोग दुखेकोघाउमा मल्हम सरह भएको बताउंदै एक्यानलाई धन्यवाद दिएका थिए।
यसअघि संघका सदस्यहरूबाट प्राप्त सहयोगले संघले काठमान्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट तथा गोरखा लगायत जिल्लामा समेत भूकम्प प्रभावित परिवारहरुलाई राहत वितरण गरेको थियो ।
यसैगरी बेलायतमा बस्ने सिए. शैलेश ओझा तथा एजुकेशन नेपाल ग्लोबलको सहयोगमा काभ्रे जिल्लाको कोलांतीमा समेत भूकम्प प्रभावित १९ परिवारलाई दुध, स्लीपिङ ब्याग, टेन्ट, खाद्य तथा सरसफाई सामग्री समेत वितरण गरेको एक्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्