Skip to content

सीपीटिमा नेपाली विद्यार्थीको नतिजा उत्साहजनक ! र्यांक घोषणा नहुँदा विद्यार्थी र इन्स्टिच्युटको प्रोफाइलमा असर !

आइसीएआइ अन्तर्गत सिएको पहिलो तह सीपीटि र फाइनल तह सिए फाइनलको नतिजा हिजो प्रकाशित भएको छ । सीपीटिमा बिगतझैं नेपाली सिए इन्स्टिच्युटहरुको नतिजा उल्लेखनीय पाइएको छ । आइसीएआइले यसपाली र्यांक घोषणा नगरेका कारण र्यांकका आधारमा कसको नतिजा कस्तो, यसै भन्न सकिन्न ।  यद्यपी  सीपीटिमा नेपाली विद्यार्थीहरुको नतिजा उल्लेखनीय छ ।  
र्यांक घोषणा नहुँदा मर्का : कुनै पनि परिक्षामा ‘र्यांक’ आउनुलाई महत्वपूर्ण सफलता मानिन्छ । तर यसपाली आइसीएआइले र्यांक नै घोषणा नगर्दा विद्यार्थी तथा सिए इन्स्टिच्युटहरु मर्कामा परेका छन् । र्यांक आउनु सिए इन्स्टिच्युट र विद्यार्थीको राम्रो प्रोफाइल हुने भएकाले पनि यसपाली र्यांक घोषणा नहुँदा विद्यार्थी तथा सिए इन्स्टिच्युटहरु मारमा परेका हुन् ।
र्यांक घोषणा भएको हकमा नेपालबाट पनि र्यांक : यसपाली आइसीएआइले र्यांक घोषणा गरिदिएको भए नेपालबाट पनि राम्रो संख्यामा र्यांक आउने थिए । केहि ब्याचअघि आइसीएआइबाट पहिलो र्यांक ल्याएका प्रनभ प्रतिक तुल्स्यानको भन्दा बढी नम्बर ल्याएर पनि एओसीका विद्यार्थी मनिष अधिकारी र्यांक होल्डर घोसित भएनन् । उनको कुल २०० मा १९१ अंक छ भने प्रनभ प्रतिक तुल्स्यानको १८८ अंक थियो । यस्तै एओसीबाटै उत्सव दाहालले ९४ प्रतिशत र राज ढकालले ९१.५ प्रतिशत  ल्याएका छन् । आइसीएआइले र्यांक घोषणा नगरेका कारण यिनीहरु मारमा परेका छन् । प्राइम सिएको नतिजा पनि उस्तै राम्रो छ । प्राइमबाट एक विद्यार्थीले ९२% ल्याएका छन् जो र्याङ्कहोल्डरका अर्का दावेदार थिए भने अन्य केहि विद्यार्थी पनि र्याङ्कमा पर्ने सम्भावना थियो । यता सीआइपीएलका विद्यार्थी सुप्रिया शर्माले पनि १८९ अंक ल्याएकी छिन् ।  उनी पनि र्याङ्क होल्डर  बन्ने सम्भावना निकै थियो । यता सीएआइ र सीसीएमएको नतिजा पनि निकै राम्रो हुँदा हुँदै पनि आइसीएआइले र्याङ्क होल्डर घोषणा नगर्दा आफ्नो अब्बल नतिजा देखाउन पाएनन् । 
उता केएमसीपीई, प्रिमियम,लगायतका इन्स्टिच्युटहरुको नतिजा पनि उल्लेखनीय छ भने मोफसलका सिए इन्स्टिच्युटहरुको नतिजा पनि राम्रो छ । सिमा एकेडेमिक्सको समेत एक विद्यार्थीले ९० प्रतिशत र दुइ विद्यार्थीले ८५ प्रतिशत  ल्याएका छन् । सीमाका अरु विद्यार्थीहरुको नतिजा औसत छ ।    
गत बर्षको नतिजा वरपरका समाचार पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्