Skip to content

आफ्नै रेकर्ड तोड्दै एओसीले रच्यो अर्को इतिहास !

मेहेनत मात्र गर्नु पर्छ, सफलताले आफुलाई पछउँछ भन्ने भनाइलाइ एकेडेमी अफ कमर्श (एओसी) ले फेरी एक पटक प्रमाणित गरीदिएको छ । ईतिहासमै पहिलो पटक नेपाली सिए इन्स्टिच्युटबाट आइसीएआइ टपर उत्पादन गरेर चर्चामा आएको एओसीले आफ्नै रेकर्ड तोड्दै अर्को नयाँ ईतिहास रचेको छ ।
प्रसङ्ग हो आइतबार सार्वजनिक भएको सीपीटिको नतिजाको । केहि ब्याच अघि सीपीटि टप गरेका प्रनभ प्रतिक तुल्स्यानले ल्याएको अंकलाई उछिन्दै एओसीकै विद्यार्थी मनिष अधिकारीले अर्को ईतिहास रहेका छन् उनको कुल २०० मा १९१ अंक ल्याएका छन्। यस अघि आइसीएआइ टपर भएका  प्रनभ प्रतिक तुल्स्यानको १८८ अंक थियो । यस्तै एओसीबाटै उत्सव दाहालले ९४ प्रतिशत र राज ढकालले ९१.५ प्रतिशत  ल्याएका छन् । यसपाली आइसीएआइले र्यांक होल्डर भने घोषणा गरेन । आइसीएआइले र्यांक घोषणा गरिदिएको भए यी तिनै जना र्यांकहोल्डर हुने निश्चित थियो ।   
सफलतामा एओसीको निरन्तरता : स्थापनाकालको पहिलो बर्षमै सीपीटिमा र्यांक ल्याएर सफलताको सुरुवात गरेको एओसीले त्यसपछि लगातार सिपिटी, आइपीसीसी र क्याप वानमा र्यांक ल्याउँदै आएको छ । र्यांकमा एओसीको निरन्तरताले नतिजा आएसँगै एओसीको नतिजालाई निकै नै प्राथमिकताका साथ हेरिन थालेको छ। 
यस्तो छ ईतिहास रचयिताहरुको मार्कसिट :

       

प्रतिक्रिया दिनुहोस्