Skip to content

Exclusive : जनक बरालले पाए सफाई, आईक्यानको निर्णय पुनरावेदन अदालतद्वारा बदर

युनिटीकाण्डमा लेखापरीक्षक समेत दोषी भएको ठहर गर्दै सिए जनक बराललाइ आइक्यानले कारवाही गरेपछि आइक्यानको उक्त निर्णय विरुद्ध पुनरावेदन अदालत गएका जनक बराललाइ पुनराबेदन अदालतले सफाई दिएको छ । युनिटी प्रकरणमा लेखापरिक्षक सिए जनक बरालको कुनै दोष नभएको र आइक्यानले निर्णय गरे अनुसार उनी दोषी हुने कुनै सबुत प्रमाण फेला नपरेको भन्दै पुनरावेदन अदालतले सिए बराललाइ सफाई दिएको हो । 
सिए सरोकारसँग कुराकानी गर्दै सिए बरालले भने ‘आइक्यानलाइ प्रयोग गरेर ममाथि छ्यापिएको हिलो आज पखालिएको छ । यो मेरो मात्र होइन समग्र पेसाको जीत हो ।’ उनी अगाडी भन्छन्, ‘ढिलै भएपनि ममाथि न्याय भएको महसुस गरेको छु । ‘

प्रतिक्रिया दिनुहोस्