
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३१औं बार्षिक साधारण सभा यहि आउँदो फाल्गुण ८ गते हुने भएको छ। एक्यानले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । एक्यानले जारी गरेको सुचनामा भनिएको छ :
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३१औंबार्षिक साधारण सभा देहायकाप्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न निम्नमिति, समय र स्थानमा बस्ने भएकोहुँदा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको विधान २०३४ को दफा २७अनुसार सम्पूर्ण सदस्यमहानुभावहरुको जानकारीकोलागीयो सूचनाप्रकाशितगरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान
मितिः २०७२ फाल्गुण ८ गते (तदनुसार २० फेवु्रअरी२०१६) शनिवार
समयःदिउँसो ठिक २ः०० बजे
स्थान : होटल हिमालय,कुपन्डोल,ललितपुर
छलफलका विषयहरु
(क) सामान्य प्रस्ताब :
१.कार्य समितिको तर्फबाट अध्यक्षज्यूको बार्षिक प्रतिवेदनउपर छलफल गरि पारित गर्ने ।
२. आ.व. २०७१÷७२को लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीयविवरण उपर छलफल गरी पारित गर्ने ।
३. आ.व. २०७२÷७३को लेखापरीक्षकनियूक्तीगर्ने तथानिजको पारिश्रमिकनिर्धारण गर्ने ।
४. संघको ३१ औ कार्य समितिको निर्वाचनगर्ने।
(ख.) विशेष प्रस्तावः
१. संघको विधानमा (संलग्नविवरण अनुसार) आवश्यक परिमार्जन÷संशोधनगर्ने ।
(ग) विविध
यस्तै एक्यानले आफ्नो विधान संसोधनको प्रस्ताव पनि गरेको छ । एक्यानले जारी गरेको सुचनामा संसोधन प्रस्ताव र यसको कारण बारे यस्तो लेखिएको छ :
विधान संशोधन प्रस्ताव
प्रस्ताव : कुनै पनि सदस्यवा चार्टर्ड एकाउण्टेण्टले संघको उद्देश्यविपरित वा संघको कुनै सदस्यलाई हानीनोक्सानीहुने वाआफ्नो पेशातथाव्यवसायको मर्यादा विपरित वा संघको कार्य समितिले दिएकोनिर्देशनविपरित कार्य गरेमा संघको कार्य समितिले उचित ठहराएवमोजिमकारवाहीगर्न सक्नेछ।
तर त्यसरी कारवाहीगर्नुृ अघि आफनो सफाई पेश गर्न मनासिवमौकावाट निजलाई वन्चितगरिने छैन।
संसोधनको कारण :
पेशागतहिततथा सदस्यहरुको सामुहिकहितको संरक्षणका लागी पेशागतहितको विरुद्द कामगर्ने सदस्यवा चार्टर्ड एकाउण्टेण्टहरुलाई कारवाहीगर्न छुट्टै दफा ३३ क थपगर्न आवश्यक देखिएको
प्रतिक्रिया दिनुहोस्