Skip to content

कतिसम्म दु:ख दिने जानेको आइक्यानले ? ‘आइटी तालिम अनिवार्य तर पाठ्यक्रम छैन !’

आइक्यानले केहि समय अगाडी निर्णय गर्यो, ‘१०० घन्टाको आइटि तालिम नसकी परिक्षा दिन पाईदैंन ।’ क्याप टुमा ६० घण्टा आइटिको परिक्षा दिएर फाइनल अध्ययन गरिरहेका विद्यार्थीहरु त्यसपछि हतार हतारले आइटि तालिम सक्नुपर्छ भन्नेतर्फ लागे ।
पढ्ने भनेर मात्र के गर्नु आइक्यानसँग के पढाउने भन्ने पाठ्यक्रम नै छैन ।
‘आइक्यान भन्छ, आइटि नसकी परिक्षा दिन पाईदैन । सुरु गरौँ न त तालिम भन्दा आइक्यानसँग पाठ्यक्रम छैन ।  उल्टो अव एक महिनापछी पाठ्यक्रम तयार हुन्छ भनिएको छ, अव एक महिनामा परिक्षाको तयारी गर्ने कि तालिम तिर दौडने ? ‘ हाल सिए फाइनल अध्ययन गरिरहेका एक विद्यार्थीले सिए सरोकारसँग गुनासो पोखे ।
आइक्यानले यस्तो निर्णय गर्नुअघि गृहकार्य नगर्दा विद्यार्थीहरु मर्कामा परेको सरोकारवालाहरुको गुनासो छ । सिए सरोकारसँग कुराकानी गर्दै सीए फाइनलका अर्का एक विद्यार्थी भन्छन् ‘ यो अध्यक्ष भनेकै विदेश जान रहेछ । अध्यक्षलाइ भेटेर कुरा गरौँ न भन्यो जहिले उही उत्तर आउँछ ‘उहाँ विदेश जानुभएको छ ।’ विदेशको हावाले छोएछ क्यारे, पाठ्यक्रमनै नभई पढ्नु भन्न अफ्ट्यारो लागेनछ आइक्यान अध्यक्षलाइ !’
अहिले सिए फाइनलमा अध्ययन गरिरहेकाहरुलाई यो सम्स्याले निकै नै पिरोलेको छ तर यस बारे आइक्यान भने मौन छ ।’ हामी यसबारे बुझ्न जाँदा निवेदन लेखेर दिनुहोस् भनियो ।  हामीलाई निवेदनको झन्झट होइन समस्याको समाधान चाहिएको छ । चुनावका बेलामा मात्र ठुला कुरा गर्दा रहेछन, हाम्रा अध्यक्ष, खुव विद्यार्थीका कुरा सुन्छु भन्थे, अहिले उनलाई भेट्न चिठी लेख्नु पर्ने रे !’ क्याप थ्री नै अध्ययन गरिरहेका अर्का एक विद्यार्थीले आक्रोस पोखे । 
    

प्रतिक्रिया दिनुहोस्