Skip to content

EXCLUSIVE : एओसीले पुन: ईतिहास रच्यो, सिपिटीका आइसीएआइ टपर प्रणव आइपीसीसीमा पनि पहिलो र्यान्क !

नेपाली सिए क्षत्रको इतिहास मै पहिलो पटक नेपालको इन्स्टिच्युटमा पढेर विद्यार्थीले आईसीएआई अन्तर्गतको दोश्रो तह आइपीसीसी टप गरेका छन् ।  एओसीका छात्र प्रणव प्रतिक तुल्श्यानले आइसीएआइले गत डिसेम्बरमा लिएको परिक्षामा आइपीसीसी टप गरेका हुन् ।  कुल ५४४ अंक ल्याएर प्रनाभले आइपीसीसी पनि टप गरेका हुन् ।  आइपीसीसीको नतिजा सोमबार प्रकाशित भएको हो ।   
को हुन् प्रणव प्रतिक तुल्स्यान ?: काठमाडौँको  अरनिको बोर्डिङ्ग स्कुलबाट एसएलसी उतिर्ण गरेका प्रनभले काठमान्डू मोडल कलेजबाट प्लस टु उतिर्ण गरेका हुन् ।  पुतलीसडकस्थित एओसीमा सिपिटिको कोचिङ् कक्षा पढेका प्रतिक हाल काठमाडौँमै  बसोबास गर्छन् ।  सीपीटिको कक्षा सुरु नगर्दै आफु रर्याङ्क होल्डर बनी छाड्ने अठोट लिएका उनको सपना आखीरमा पूरा भएको उनी बताउंछन् । सीपीटिमा पहिलो र्यांक ल्याएर एकाएक चर्चामा आएका प्रनभले एओसीमै अध्ययन गरी आइपीसीसीमा पनि र्याङ्क ल्याउने अठोट लिएका प्रनभले  अन्तत र्यांक ल्याएपछि उनले पाएको सफलतामा एवोसीमा हाल सबैले खुसि मनाइरहेका छन् । 
सफलतासंगै एओसीमा उल्लाश :  नेपाली विधार्थीले पहिलोपटक आइसीएआइ अन्तर्गत आइपीसीसीमा पनि पहिलो र्याङ्क ल्याएपछि एओसीमा उल्लास बढेको छ ।  उतिर्ण भएका प्राय विधार्थी एओसीमा जम्मा भएका छन् भने  एओसीमा बधाई आधानप्रधानको क्रम बढेको छ ।

यस्तो छ प्रनभको मार्कशिट :

यस अघि उनीसँग सिए सरोकारले लिएको एक्सक्लुसिभ अन्तर्वार्ता हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्