Skip to content

एक्यानको अवको अध्यक्ष को ? हरि सिलवाल, किरण डंगोल, भरत रिजाल वा अरु कोहि ?

एक्यानको चुनावी सरगर्मी बढेसँगै एक्यानमा अबको अध्यक्ष को हुन्छ भन्ने बिषय पनि बजारमा निकै चर्चा हुन थालेको छ । चुनाव हो, अन्तिम समयमा को उठ्छ वा कसले जित्छ भन्ने कुरा यसै भन्न सकिन्न । तर अध्यक्षमा किरण डंगोल, हरि सिलवाल र भरत रिजालको नाम चर्चामा छ ।

उपाध्यक्ष नै अध्यक्ष बन्ने बिगतको अभ्यास हेर्ने हो भने अवका अध्यक्ष किरण डंगोल हुन् ।  तर नेपाली सिए बजारमा निकै नै अग्रज मानिएका हरि सिलवालको अध्यक्षमा नाम सुनिएपछी त्यसै भन्न सक्ने अवस्था छैन । यता हरि सिलवाल भने निर्विरोध भए अगाडी बढ्ने तर चुनाव नै भएको खण्डमा भने अगाडी नबढ्ने मनस्थितिमा रहेको बुझिएको छ । ‘पालो’ नै आफ्नो भएकाले किरण डंगोलले अध्यक्ष पद छोड्दैनन् भन्ने चर्चा एकातर्फ छ भने हरि सिलवाल सबैलाई मिलाएर अघि बढ्न खोजेको चर्चा अर्कोतर्फ छ ।

भरत रिजालले अध्यक्षको पदमा फेरी उमेद्वारी दिन सक्छन् भन्ने चर्चा पनि उस्तै छ । यसबारे सिए सरोकारको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । कुनै पनि प्रश्नको स्पष्ट जवाफ दिने सिएका रुपमा चिनिएका भरत रिजालले यस प्रश्नमा प्रतिक्रिया नजनाउनुले ‘भित्र भित्रै’ केहि खिचडी पाकिरहेको विश्लेषण गर्न गाह्रो छैन ।  यसअघि सिए नवराज बुर्लाकोटी पनि दुइ पटक सम्म अध्यक्ष बनेका थिए ।

भरत रिजाल, किरण डंगोल, वा हरि सिलवाल बाहेक चौथो व्यक्तिको खोजी भइरहेको पनि एक्यानमा आवद्ध केहि सिएहरुले सिए सरोकारलाइ जानकारी दिएका छन् । ‘पहिला उमेद्वारी कसकसको पर्छ हेरौं, त्यसपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आउंछ । ‘ एक्यानका एक पधाधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने ।        

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।