

एक्यानको आउँदो फाल्गुन ८ गते हुन लागेको चुनाव नजिकिंदै गर्दा चुनावी रौनक पनि बढेको छ । बजारमा सानातीनानै भएपनि भेटघाटका कार्यक्रमहरुले तीव्रता पाएका छन् भने आफुलाई वा आफुले समर्थन गरेको उमेदवारलाई भोट माग्ने क्रम सुरु भएको छ । एक्यानमा सबैभन्दा लोभलाग्दो मानिएको पद महासचिवका लागि दीपक पाण्डे र सन्तोष लम्शाल मैदानमा उत्रिने भएका छन् । यसअघि महासचिव पदमा उठ्ने विचार गरेका गणेश पराजुलीले अन्तत आफ्नो विचार परिवर्तन गरेका छन् । (हिजो प्रकाशित समाचारको यो वाक्यांसको खण्डन गर्दै सिए पराजुलीले आफु पनि महासचिवको दावेदार भएको बताइसकेका छन्)
एक्यानका हालका अध्यक्ष भरत रिजालको खुलेआम समर्थन हुनु, र उनको बजारमा रहेको पीआर उनको सबैभन्दा सवल पक्षको रुपमा लिईएको छ । कार्यकारी समितिमा उठ्न लागेकाहरुमध्ये अधिकांस दीपक पाण्डेकै समर्थनमा रहेकाले पनि दीपक पाण्डेले चुनाव जित्न सक्ने सम्भावना बढेको छ । यद्यपी एक्यान भित्रकै एक गुट दीपक पाण्डेका विरुद्धमा बजारमा लाविङको प्रयास गरिरहेको स्थितिभने उनका लागि चुनौतीको विषय हुनसक्छ ।
कस्तो छ सन्तोष लम्सालको सम्भावना र चुनौती ? : सीए सन्तोष लम्साल एक्यानका हालका कार्यकारी समितिका सदस्य हुन् । लामो समयदेखि निरन्तर ‘प्राक्टिस’ मै रहेका सीए लम्साल आइक्यानबाट सिए उतिर्ण भएका हुन् । लम्साल बजारमा आइक्यान बोर्डकै सेन्टिमेन्ट जितेर भएपनि महासचिव हुने दाउमा छन् भने उनको बजारको पीआर पनि राम्रै छ । सन्तोष लम्साल एक्यानको गत चुनावमा कार्यकारी समितिमा निर्वाचित भएका थिए ।
गत जेठमा भएको आइक्यानको चुनावमा आइक्यानका हालका अध्यक्ष प्रकाश लम्साललाइ जिताउन लागि परेका भनिएका सन्तोष लम्सालले त्यतिबेलादेखिनै आफ्नो उमेदवारीका बारेमा धेरैलाई जानकारी दिएका कारण उनले त्यतिबेला बनाएको ‘नेटवर्क’ उनको सबैभन्दा सवल पक्ष मानिएको छ भने एक्यानका अध्यक्ष भरत रिजालले दीपक पाण्डेलाई समर्थन गर्नु र चुनावको संघारमै आइक्यान अध्यक्ष प्रकाश लम्सालले समेत उनको साथ छोडेको खबर उनको लागि चुनौतीको विषय बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्