Skip to content

गोलाप्रथाबाट एक्यानको महासचिव चुनिए सन्तोष लम्साल

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को शनिवार सम्पन्न भएको निर्वाचनमा सन्तोष लम्साल र दीपक पाण्डेको बराबर भोट आएपछि गरिएको गोलाप्रथामा सन्तोष लम्साल भाग्यशाली ठहरिएका छन्।  महासचिव पदको लागि भएको गोलाप्रथामा सन्तोष लम्सालले बाजी मारेका हुन् ।

यसो त महासचिवको निर्वाचनभने निकै विवादयुक्त रह्यो । एक भोट सदर गर्ने वा बदर गर्ने भन्ने बारेमा विवाद भएपछि मतगणणा स्थल कहिबेर निकै तनावग्रस्त भएको थियो । केहि समयपछि उक्त मतलाई सादर गरी गोलाप्रथामा जाने सहमति भएपछि गोलाप्रथा गरिएको थियो।
 
यता एक्यानको  कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित भएका छन । कोषाध्यक्षका अर्का दुइ प्रत्यासी हेम काफ्ले र जेएन प्रतिहस्तलाइ पछाडि पार्दै ऊनी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यता एक्यानको उपाध्यक्षमा पदमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षका अर्का प्रत्यासी अमन उप्रेतीलाई पछाडी पार्दै उनी एक्यानको उपाध्यक्ष पदका लागि निर्वाचित भएका हुन् ।  यस अघि उनले कोषाध्यक्षका रुपमा एक्यानको जिम्मेवारी सम्हालिसकेका छन् ।  उनी २ बर्षे कार्यकालका लागि उपाध्यक्ष निर्वाचित भएका हुन् ।  

एक्यानको नयाँ अध्यक्षमा भने हरि कुमार सिलवाल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी किरण डंगोललाई पछी पार्दै उनी एक्यानको नयाँ अध्यक्ष भएका हुन् । उनले शनिबार मध्यरातमै अध्यक्ष पदका लागि पद तथा गोपनियताको सफत समेत खाइसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस्