Skip to content

एक्यानद्वारा ‘इस्टर्न च्याप्टर’ स्थापना

नेपाल चार्टड एकाउन्टेन्ट्स  संघ (एक्यान) ले पूर्वान्चलमा आफ्नो नयाँ ‘च्याप्टर’ सुरु गरेको छ । एक्यानले बिहिबार बिराटनगरमा एक कार्यक्रम गर्दै आफ्नो ‘इस्टर्न च्याप्टर’ सुरु गरेको हो । एक्यानको ‘इस्टर्न च्याप्टर’ आइक्यानका पूर्वअध्यक्ष नरेन्द्र भट्टराइ र हालका अध्यक्ष प्रकास लम्शालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष प्रकाश लम्शाल, आइक्यानका पूर्व अध्यक्ष  सिए नरेन्द्र भट्टराइ लगायत उपस्थितहरुले एक्यानलाइ बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष प्रकास लम्सालले ‘ब्रान्च अडिट’ लगायतका बिषयहरुलाई कार्वनयन गराउने आइक्यान लागिरहेको बताएका छन् । उनले आफ्नो जड पनि एक्याननै भएकाले एक्यानले निकै प्रगती गरिरहेको स्मरण समेत गरेका छन्।

यस्तै संस्थाका नवनिर्वाचित अध्यक्ष हरि सिलवालले आफ्नो कार्यकालको छोटो २ बर्षको अवधिमा धेरै काम गर्नुपर्ने भएकाले सबैको सहयोग खाँचो भएको बताएका छन् ।  उनले सबैको सहयोगबाट संघ अगाडी बढ्ने बताएका हुन् ।

यस्तै अडानक तर्फबाट बोल्दै आरए मोहन सुवेदीले बिराटनगरमा एक्यानको नयाँ ‘च्याप्टर’ सुरु हुनु निकै नै गर्वको कुरा भएको बताउँदै एक्यान विराटनगरलाइ सफलताको शुभकामना दिएका छन् ।  उनले अडानसँगको सहकार्यमा धेरै कामहरु गर्न सकिने समेत बताएका छन् ।      

प्रतिक्रिया दिनुहोस्