नयाँ कार्यसमिति चयन भएपछी आज नेपाल चार्टड एकाउन्टेन्ट्स संघ संघ (एक्यान) ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बनभोज कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेष्ट् रिसोर्टमा आयोजना भइरहेको उक्त कार्यक्रममा सिए र सिएका परिवारहरुको सहभागिता रहेको छ ।
एक जनालाई २५०० रुपैयाँ र जोडीलाइ ४५०० शुल्क तोकिएको उक्त बनभोज कार्यक्रममा गीत संगीत, नृत्य, बिंगोलगायतका विभिन्न कार्यक्रम राखिएको एक्यानले जनाएको छ।
उक्त बनभोज कार्यक्रममा भाग्यमानी बिजेतालाई विशेष पुरस्कारको समेत ब्यबस्था गरिएको एक्यानले जनाएको छ ।
बनभोज कार्यक्रम अहिलेसम्मकै भव्य हुने अपेक्षा गरिएको छ । एक्यानले इमेल र एसएमएसमार्फत सिएहरुलाई निमन्त्रणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्