
नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी एसोसिएसन (एनकासा) को नयाँ कार्य समितिको लागि निर्वाचन मिति तय भएको छ । आउँदो वैशाख ११ गते निर्वाचन हुने एनकासा स्रोतले बताएको छ । बुधबार अपरान्ह आइक्यान परिसरमा बसेको निर्वाचन समितिको बैठकले बैशाख ११ गते निर्चाचन गर्ने निर्णय गरेको हो । उक्त दिन लोकतन्त्र दिवस परेकाले सार्वजनिक विदा छ ।
प्रतिक्रिया दिनुहोस्