आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि यतिबेला प्रकाश लम्शालको दिमागमा के चलेको होला भन्ने अनुमान धेरैले गर्नु स्वाभाविक हो । आफ्नो कार्यकालको सुरुवात देखि नै विभिन्न बहानामा विवाद र चर्चामा आएका लम्साल अहिले उनले लेखेको फेसबुक स्ट्याटसका कारण निकै चर्चामा आएका छन् । उनले २०७२ साल चैत्र १७ गते बुधाबार बेलुका आफ्नो फेसबुकमा He had asked
for Rs. 200,000 . Rest you can understand…….!I am not a coward !!’ लेखेपछि यससम्बन्धमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । केहिले अख्तियारमा मुछिने डरले उजुरीकर्ताले पैसा मागेको देखाउन वा बुझाउन यस्तो लेखिएको हुन सक्ने बताएका छन् भने केहिले भने यो उनको आन्तरिक मामला हुन सक्ने बताएका छन् ।

उनले राखेको फेसबुक स्ट्याटसमा यो समाचार तयार गर्दासम्म ४९ जनाले ‘लाइक’ गरेका छन् भने केहिले कमेन्ट समेत गरेका छन् । केहिले उनको फेसबुक स्ट्याटस आउनुको कारण आफुलाई थाहा भएको कमेन्ट गरेका छन् भने कहिले ‘कसले घुस माग्यो भन्ने?’ भन्ने प्रश्न गरेका छन् ।
यस विषयमा सिए सरोकारले अध्यक्ष लम्शालसँग बुझ्न खोज्दा उनको फोन लागेन । ‘आखिर कसले के कारणले माग्यो त आइक्यान अध्यक्षसँग २ लाख वा अख्तियारमा उजुरी गर्ने आफ्नै कर्मचारी विरुद्धको उनको यो फन्डा हो, हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्