
आइक्यानले संचालन गरेको परिक्षाका उत्तरपुस्तिकाहरु विद्यार्थीलाई देखाउनु पर्ने माग सहितका विभिन्न उजुरीहरु प्रधानमन्त्रीको निजि सचिवालयको सम्पर्क कार्यालयमा पुगेको खबर छ । विभिन्न विद्यार्थीहरुले जनताको गुनासो लिने ठाउँको रुपमा नेपाल सरकारले संचालन गरेको ‘हेलो सरकार’ लगायत अन्य निकायमा उजुरी परेपछि प्रधानमन्त्रीको निजि सचिवालयमा यस सम्बन्धि उजुरी पठाएको हो ।
प्रधानमन्त्रीको निजि सचिवालयले यो उजुरी उपर छानविन गरी आइक्यानलाई जवाफ माग्ने बुझिएको छ । आइक्यानले ‘नतिजा कालोबजारी’ गर्ने आरोप यस अघिदेखिनै लाग्दै आएको थियो । आफुलाई चित्त नबुझेमा परीक्षाको उत्तरपुस्तिका विद्यार्थीले हेर्न पाउनेगरी यस अघि नै अदालतले फैसला गरिसकेको छ भने विभिन्न बहानामा आइक्यानले उक्त फैसालालाई अटेर गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् :
उत्तरपुस्तिका हेर्न पाउँ भन्ने उजुरीमा यस्तो छ आइक्यानको जवाफ !
आइक्यानले संचालन गरेको परिक्षामा आफ्नो प्राप्तांक चित्त नबुझेको भन्दै आफ्नो उत्तरपुस्तिका हेर्न पाउँ भनी क्याप थ्रीका विद्यार्थी पुष्पराज ढकालका नाममा परेको उजुरी उपर शिक्षा मन्त्रालय अन्तर्गतको जनगुनासो महाशाखाले आइक्यानलाइ मागेको स्पष्टिकरणमा आइक्यानले लिखित जवाफ पठाएको छ। यस अघि सिक्षा मन्त्रालयले आइक्यानलाइ उपरोक्त बिषयमा के कसो भएको हो जानकारी पाउँ भनी पत्र काटेको थियो । हेरौं आइक्यानले पठाएको पत्र जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्