Skip to content

२०७२ लाई फर्केर हेर्दा, यी हुन् सिए क्षेत्रका बर्षका चर्चित १२ घटनाक्रम !

२०७२ साललाई फर्केर हेर्दैगर्दा नेपाली सिए क्षेत्रमा निकै महत्वपूर्ण घटनाक्रमहरु बिकसित भए ।  आइक्यान र एक्यानको निर्वाचन सम्पन्न भयो भने आइक्यान र एक्यान दुवैले  नयाँ नेतृत्व  पाए । यस्ता थुप्रै चर्चित, आशावादी र विवादित घटना घटे बिक्रम सम्बत् २०७२ मा हेरौं २०७२ को फ्ल्याश ब्याक !

१. बैसाख १२ गते गएको भूकम्पपछी एक्यान र एनाकासा राहत वितरणमा लागे । आइक्यानले पनि सहयोग उठायो । आइक्यानका एक विद्यार्थीको निधन भयो । सिए सरोकारले पनि राहत संकलन तथा वितरण गर्यो ।
 
२. कार दुर्घटनामा परी सिए रुपेश गैह्रेको निधन भयो, पूरै सिए क्षेत्र शोकाकुल बन्यो ।

३. २०७२ सालमा सम्पन्न भएको आइक्यानको निर्वाचन सम्पन्न भयो । २०७२ सालको महत्वपूर्ण घटना मध्येको यो एक हो । यहि निर्वाचनबाट आइक्यानले नयाँ काउन्सिल पायो ।

४.  हाल अदालतमा विचाराधीन रहेपनि न्युनतम लेखापरिक्षण शुल्क २०७२ मै पारित भएको थियो । अदालतमा मुद्धा पर्यो । अदालतले स्टे अर्डर दियो, हालका लागि उक्त शुल्क कार्वनयन नगर्नु भनेर । अदालतमा यो बिषय अझै विचाराधीन छ ।  

५. एभरेष्ट इन्स्युरेन्स प्रकरणमा लेखापरीक्षक समातिएपछी एक्यानले सुरु गरेको आन्दोलनले नेपाली सिए क्षेत्रमा नयाँ छाप छोड्यो । नेपाली अर्थबजारले सिए, लेखापरिक्षण लगायतका कुरालाई झन् नजिक बाट बुझ्यो।

६.एक्यानको निर्वाचन सम्पन्न भयो । इतिहासमै पहिलो पटक सिएहरु त्यसरी एक ठाउँमा उत्रिए । एक्यानले नयाँ नेतृत्व पायो ।
 
७ . आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्झौता भयो । नरेन्द्र भट्टराइ अध्यक्ष हुँदा निकै दौडधुप गरिएको यो बिषयले अन्तत पूर्णता पायो ।

८. आइक्यान र एनाकासाको आयोजनामा बिराटनगरमा सिए विद्यार्थी सम्मेलन सम्पन्न भयो ।  

९. अध्यक्ष इतिहासमै सबैभन्दा बढी विवादित भए । यसअघि महेश गुरागाईं यसरी नै विवादित भएका थिए । विद्यार्थीको पैसामा श्रीमती सहित विदेशभ्रमणमा गएको आरोप अध्यक्षलाई लाग्यो । सीपीए अष्ट्रेलियासंगको सम्झौता जानी जानी सारेको, आइसीएइडब्लुसँगको एमआरए तुहाउन खोजेको लगायतका गम्भीर आरोपहरु उनीमाथि लागे ।

१० आइक्यानका अध्यक्षमाथि इतिहासमै पहिलो पटक अख्तियारमा उजुरी पर्यो । आइक्यानमा अध्यक्षले भ्रष्टाचार गरेको आरोप लाग्यो । नेपालका धेरै जसो चर्चित साप्ताहिक, अनलाइन, रेडियो र टेलिभिजनमा आइक्यानमा भएको भ्रष्टाचारबारे चर्चा भयो ।

११. इतिहासमै पहिलोपटक नेपालमा अध्ययन गरेका सिए विद्यार्थीले आइपीसीसी टप गरे ।  एकेडेमी अफ कमर्शमा अध्ययन गरेका ती विद्यार्थीले सीपीटि समेत टप गरेका थिए ।

१२. विद्यार्थीका लागि निकै झन्झटिलो रह्यो बर्ष २०७२ । जीएमसीएस तालिम संचालन गर्न निकै बढी समय लाग्यो ।  आइटि तालिम समयमा संचालन नहुँदा विद्यार्थीहरु निकै मारमा परे । आफ्ना क्लाइन्टहरु खोसिने डरले अध्यक्षले जानी जानी जीएमसीएस तालिम ढिलो गरेको आरोप लाग्यो ।            

प्रतिक्रिया दिनुहोस्