Skip to content

आफ्नै बेइज्जत आफैं गर्दैछ आइक्यान ! लाखौँ खर्च गरेर गरेको बिज्ञापनमा हाँसउठ्दो त्रुटी !

आइक्यानका पाठ्यपुस्तकहरुमा त्रुटी भेटिनु नौलो बिषय होइन ।  तर देशका चर्चित पत्रपत्रिकामा प्रकाशित गरिएको यो बिज्ञापन हेरेर पनि आइक्यानमा कतिसम्म लापरवाही हुन्छ भन्ने प्रष्ट हुन्छ । कान्तिपुर लगायत देशका केहि चर्चित पत्रिकाहरुमा छापिएको यो बिज्ञापनमा आइक्यानले दर्तावाला लेखापरीक्षक सदश्यहरुको पेशागत प्रमाणपत्रको वर्गवृद्धि सम्बन्धी आवेदन फारम भर्ने सुचना प्रकाशित गरेको छ ।  
तर सुचनामा राम्रोसँग हेर्नुभयो भने निकैनै ठुलो गल्ती भेटिनेछ । उक्त सुचनामा २०७३ बैशाख ८ गतेदेखि २०७३ जेठ ६ गतेसम्म तोकिएको दस्तुर र २०७३ बैसाख १३ गतेसम्म बिलम्ब दस्तुर सहित फारम भर्नु भनिएको छ । अब जेठपछी बैसाख, आउँछ वा बैशाखपछि जेठ आउँछ भन्ने कुराको हेक्का समेत आइक्यानका कर्मचारीहरुलाई रहेनछ भन्ने कुरा यो सुचनाबाट प्रष्ट हुन्छ ।
अडानले भने यो सूचनालाई सच्याएर आफ्नो फेसबुक पेजमा राखेको छ ।
यता आइक्यान भित्रका एक कर्मचारी भने यसलाई ‘पुन: भूलसुधार’ छाप्ने फण्डा भएको आरोप लगाएका छन् । आफ्नो नाम नबताउने सर्तमा उनी भन्छन्, ‘आज बिज्ञापन छाप्यो, भोली फेरी भूलसुधार छाप्यो । आखिर पैसाकै खोलो बगाएर अलिअलि कमिसन लिने त हो नि ठुलाबढाले !’       

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।