Skip to content

सिए सरोकार सहित नेपालका चर्चित न्यूजपोर्टलहरु अव एउटै मोबाइल एपमा !

नेपालमा चर्चित अनलाइन समाचार पोर्टलहरु अव एउटै एपमा हेर्न सकिने भएको छ । प्ले स्टोरमा अपलोड भएको ‘नेपाल न्यूज स्टोर’ नामक एपका माध्यमबाट अव नेपालका चर्चित समाचार पोर्टल एकै ठाउँमा पढ्न पाइने भएको हो । बिहिबार एप निर्माण कम्पनी भोल्कससफ्ट प्रालिले उक्त एप सार्वजनिक गर्दै नेपालका चर्चित समाचार पोर्टलहरु एकै ठाउँमा पढ्न मिल्ने गरी एप ल्याइएको बताएको छ ।
हाल एन्ड्रोइड मोबाइल मार्फत उक्त एप डाउनलोड गरी पढ्न सकिनेछ । उक्त एपमा नेपालका चर्चित इकान्तिपुर, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, नागरिकन्युज, बिजमांडू, उज्यालो अनलाइन, कारोबार, बिबिसी नेपाली सेवा, सिए सरोकार,  नयाँ पत्रिका, लिविंङ विथ आइसिटि, नेप्लिज डट ओआरजी, लगायतका समाचार पोर्टलहरु राखिएका छन् ।
पाठकहरुले हरेक किसिममा समाचारहरु एकै ठाउँमा पढ्न पाउन् भन्ने उदेश्यले यसरी सबै चर्चित समाचार पोर्टलहरु एकै एपमा राखिएको भोल्कससफ्ट प्रालिका प्रबन्ध निर्देशक तुलसी दाहालले बताए । उनी भन्छन्, ‘नेपालमा सबैभन्दा बढी हेरिने विभिन्न क्षेत्रका समाचार पोर्टललाई एपमा राखेका छौँ । यसलाई अझै परिमार्जित गर्दै जाने लक्ष अनुरुप जनताले रुचाएका अनलाइन समाचार पोर्टलहरु यस एपमा राख्दै जानेछौं ।’   

उक्त एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्