Skip to content

एनाकासाको कार्यकारी समतिमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान, मनोनयनको टुंगो लाग्न भने बाँकी

एनाकासाको कार्यकारी समितिमा निर्विरोध निर्वाचित भएका कार्यकारी समितिका सदश्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ।  आज एक कार्यक्रमका बीच सिए सुरेश देवकोटाले निर्वाचित भएकाहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । एनाकासाको बैसाख ११ गते हुने भनिएको निर्वाचन सबै उमेद्वार निर्विरोध भएपछि स्थगीत भएको थियो ।

कुल ९ जनाको कार्यसमितिमा क्याप -३ वाट ४ जना निर्वाचनवाट र १ जना मनोनयनवाट कार्यसमितिमा आएका छन भने क्याप २ वाट २ जना निर्वाचन र १ जना मनोनयनवाट कार्यसमितिमा आएका छन्  ।
क्याप टू  मा २ जनाको मात्र उम्मेद्वारी परेकाले दुवैजना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा रमेश पन्थी र मनिषा अवाल छन् । क्याप -३ वाट आउंदो कार्यसमितिका लागि ऋषिराम पोख्रेल ,रुषा गिरी , दिवस सुबेदी ,सुदेश पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचित सबैलाई सिए सरोकारको समेत बधाई !  

प्रतिक्रिया दिनुहोस्