भूकम्पपछीको जुन महिनामा हुने भनिएको परिक्षाको तयारि गरिरहेकी प्रिती कोठाबाट निस्कन छोडिसकेकी थिईन । शनिबारको दिन आफन्तले भद्रकालीमा आयोजना गरेको लाख बत्ति प्रज्ज्वलन गर्ने कार्यक्रममा निम्तो मान्न पुगेकी थिइन् प्रिती । दाजु सुरजको केहि दिनपछी आयरल्याण्डको फ्लाईट थियो । केहि छिनको न्युरोड घुमघामपछी धरहरा चड्ने योजना बन्यो । प्रिती, सहितको उनको परिवार धरहराको चौथो तलाबाट पाँचौँ तलामा चढ्दै थिए । एक्कासि धरहरा जोडले हल्लिन थाल्यो । भूकम्प आएको भन्दै तीनै आमाछोरीले एकले अर्कालाई बेस्सरी समाते । केही छिनको कम्पनपछि धरहरा गर्लम्मै ढल्यो । आमा मैया भत्किएको संरचनाभित्र थिचिइन् । प्रितिकी दिदि खुस्बु ठूलो ढिस्काले पुरिइन् । रुँदै हारगुहार गरेपछि केही व्यक्ति र सुरक्षाकर्मीको टोलीले ढिस्को हटाउँदै प्रितीकि दिदीलाई जीवितै निकाल्यो । प्रीति पुरिएकी थिइन् । दुवैलाई उद्धार गरी नजिकैको वीर अस्पताल पुर्यारइयो । पुरिएको ढिस्काभित्र केहीबेर थिचिएर उद्धार गरी वीर अस्पतालमै पुर्याईइएकी मैयाँलाई आफू बाँचेपनि छोरीहरुलाई केही भयो कि भनेर धेरै चिन्तित तुल्यायो ।
त्यो कहाली लाग्दो बैशाख १२…! यस्तो छ धरहराबाट खसेर बाँचेकी सिए बिधार्थी प्रितीको कथा

बैशाख १२ गते गएको विनासकारी भूकम्पको केहि दिनपछी सिए सरोकारकर्मी प्रितीको घर पुग्दा उनी आराम गरिरहेकी थिईन् । मास्कले मुख छोपेर ओछ्यानमा पल्टिरहेकी उनीसंग उनकी दिदि पनि अर्को ओछ्यानमा पल्टिएकी थिईन । हामी उनी नजिकै पुग्दै गर्दा आँखा पुलुक्क पल्टाए पनि उनी केहि बोल्न सकीनन् । नजिकै क्याप टु अन्तर्गत ‘कर्पोरेट एण्ड अदर ल’ बिषयको पुस्तक थियो । संगै सिएको दोश्रो तह क्याप टु का अन्य कितावहरु पनि औषधि, र मेडिकल रिपोर्टसंगै पल्टिरहेका थिए । घाइते अवस्थाकि आफ्नी छोरी प्रितीलाई परिक्षाकै चिन्ता लागेको बताउँदै उनका बाबुले परिक्षा सरेकोबारे केहि जान्न खोजेका थिए । मलिन अनुहारकाबीच आफुलाई भेट्न आउनेहरुका अगाडी जवरजस्त मुस्कुराउंन खोज्दै गरेकी उनी भित्रको पिडा अनुहारमा प्रष्ट देखिन्थ्यो ।
टाउकाबाट रगत बगिरहेको थियो । शरीरभरि चोटैचोट थियो तर अस्पतालबाट भागेर धरहरामा गएर छोरीहरुलाई खोज्न गइन् । भौँतारिँदै धरहरातिर जान लागेकी उनले अस्पतालको अर्को कुनामा दुवै छोरीलाई देखेपछि सन्तोष लाग्यो । तीनै आमाछोरी त्यहीँ रुवाबासी गर्न थाले । धन्न बाँचियो भनी एकार्कालाई अङ्कमाल गरे । सबैको अनुहार र शरीरभरि माटो र रगत लत्पितिएको थियो । एक्कासि वीर अस्पतालमा बढेको भिड र पटक पटकको थप भूकम्पको धक्कापछि घाइते रहेको सो ठाउँमा ग्यासको पाइप फुटेर केही बेर हल्लीखल्ली मच्चियो । हल्लीखल्लीसँगै मैयाँले घिस्रिँदै वीर अस्पताल बाहिर आएर अर्को अस्पतालमा लैजान आग्रह गर्दै हारगुहार गरिन् । घाइते अवस्थामा मैयाँले हारगुहार गरिरहेको देखेपछि एक युवक र वृद्धले उनलाई ट्याक्सी खोज्न सहयोग गरिदिए । सो ट्याक्सीले तीनै घाइतेलाई मीनभवनमा रहेको निजामती अस्पतालमा ल्याएर छाडिदियो । उनन्चास वर्षीया मैयाँको टाउकाको पछाडि भागमा ठूलो चोट लागेको छ, हातखुट्टा थिचिएर थिलोथिलो भएको छ ।
नेपाल बङ्गलादेश बैंककी कर्मचारीसमेत रहेकी २७ वर्षीया जेठी छोरी खुस्बुको कम्मरमा गहिरो चोट लाग्नाका साथै खुट्टामा खाल्डो पर्ने गरी मासु गएको छ । प्रितीको छातीको करङ भाँचिएर ‘चेस्ट ट्युब’ हालिएको छ । भूकम्पपछि श्रीमती र छोरीबारे धेरैबेरसम्म फोन सम्पर्क र सूचना नआएपछि पद्कन्या क्याम्पस र कन्या स्कुलका शिक्षक चूडाबहादर बुढाथोकी चिन्तित बने । परिवारका सदस्यका रुपमा उनका दुई छोरी र एक श्रीमती मात्रै हुन् ।
प्रतिक्रिया दिनुहोस्