
बेलायमा रेहका एसीसीए सदश्यहरुका विभिन्न सञ्जालहरु मध्ये उत्तर पश्चीममा रहेको ‘Sheffield Members Network’ मा नेपाली एसीसीए सदश्य चुनिएका छन् । उक्त संजालमा चार्टड एकाउन्टेन्ट समेत रहेका एसीसीए सदश्य शैलेश ओझा चुनिएका हुन् ।
यसै २०१६ देखि २०१७ सम्मका लागि उनी चुनीएका हुन् । जुन, २०१६ देखि मे २०१७ सम्म कार्यभार सम्हाल्ने गरी उनी उक्त संजालमा चुनीयेका हुन्।
विशेषगरी एसीसीए सदश्यहरुको पेशागत विकासका लागि उक्त संजालले महत्वपूर्ण भूमिका खेल्ने शैलेश ओझाले सिए सरोकारलाई बताए। ‘ यस सञ्जालले एसीसीए सदस्यहरु माझमा सामाजिक कार्यक्रम समेत गर्नेछ। विभिन्न कार्यक्रम तथा तालिमका माध्यमबाट एसीसीए सदश्यहरुको पेशागत विकास गर्ने यो सञ्जालको मुख्य उदेश्य हो। ओझाले भने।
‘एउटा नेपालीले बेलायतमा पनि यस्तो सम्मानित कार्य गर्ने अवसर पाउनु आफैमा गर्वको कुरा हो। मेरो कार्यकालमा मैले सकेको गर्नेछु । ‘ उनले सिए सरोकारलाई प्रष्ट्याए ।
यसका अलाबा ओझाले एजुकेशन नेपाल ग्लोबल नामक सामाजिक संस्थामार्फत आफु अध्यन गरेको श्री जनता स्कुल, इटहरीमा विभिन्न किसिमका शिक्षामुलक कार्यक्रम पनि संचालन गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्