Skip to content

एनाकासाको नयाँ कार्यसमितिको जिम्मेवारी, एनाकासा अध्यक्ष ऋषि पोख्रेलको ब्लग

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा) आफ्नो स्थापनाको   १३   औं बर्षमा  छ । एनकासाको स्थापना गरेर नेपाली सिए विद्यार्थी जगतमा हाम्रा अग्रज दाजुहरुले साच्चिकै   ठुलो गुण  लगाउनुभयो । वास्तवमै एनकासाको  स्थापना जुन समयमा भयो त्यो उचित एवंम  अत्यावस्यक  समय थियो । नेपाली शैक्षिक क्षेत्रमा आइक्यानबाट सीए अध्यापनको सुरुवात संगसगै विद्यार्थीका हक अधिकार तथा भावनालाई समेट्ने एउटा साझा चौतारी स्थापना हुनु समयको माग थियो । एनकासाको आफ्नो स्थापनाकालदेखि २०६६ सालसम्म आउदा मुख्य  माग थियो आइक्यानबाट मान्यता पाउनु, जुन  पुरा भयो ।आफ्नो स्थापनाको १३ औ बर्षमा एनकासाको तेस्रो कार्यसमितिको  जिम्मेवारी हामीले पाएकाछौ । जिम्मेवारी दिने सम्पूर्ण विद्यार्थीहरु र सहयोग गर्ने सबै अग्रजहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
एनकासाको १३ वर्षको इतिहासमा धेरै परिवर्तनहरू भए । धेरै मागहरु आइक्यान समक्ष  राखिए होलान, कति सम्बोधन पनि भए । अनि कति थाति नै छन । एउटा कुरा के  स्पस्ट छ भन्दा यो सिए फ्याटर्निटि (सिए विद्यार्थी अनि सिएको समुदाय) कुनै संस्था भन्दा पहिला आउदो रहेछ । सायद माग राखिनु अनि त्यसको संबोधन नहुने अवस्थाको बिचमा त्यहि  सिए फ्याटर्निटि आउदो होला।
तर समय परिवर्तनशील  छ । आज नभए भोलि त समयको कुरा  सबैले सुन्नु नै पर्नेरहेछ । वास्तवमै  यो संसारको नियमनै होकी दुनिया संतुलन (इक्विलिब्रियम) मा चल्छ । आजको बाटो सहि छ भन्नेमा चाहि  स्पस्ट हुनु जरुरि छ । आजसम्म केके गरेउ भन्ने त  सर्बबिधित नै छ । तर केके गर्नुछ भन्ने चाहि जहिले महत्वपुर्ण हुन्छ । आज हामीसंग कम्तिमा पाच हजार विद्यार्थी सदस्यहरु छन् । र यिनीहरु मध्ये नै भोलि आइक्यान हाक्ने कर्णधार पनि हुन् । यसमा  कसैको दुइमत नहोला ।
छिमेकी देश भारतले बारम्बार गर्ने अन्तरास्ट्रिय सिए विद्यार्थी सम्मेलनमा सहभागी हुने हामि, आफैले चाहि किन आयोजना गर्न सक्दैनौ भनेर सोच्नु पर्ने अवस्था आइसकेको छ ।  नेपाली सिए तथा  विद्यार्थी प्राविधिक मात्र नभई  पनि व्यक्तित्व विकाश तथा व्यवस्थापन क्षेत्रमा पनि अगाडी छन् भन्ने कुरा अन्तरास्ट्रिय क्षेत्रमा उजागर गर्न आवस्यक छ  ।  नेपालमा  अन्तरास्ट्रिय सिए विद्यार्थी सम्मेलन पर्यटकीय हिसाबले पनि उत्तिनै  महत्वपुर्ण छ ।
यस क्षेत्रका म जस्ता कयौ बिद्यार्थी जमातमा एउटा कुरा सधैनै खडकिरहेको छ  । त्यो हो सुचनाको अधिकारको कुरा । हुनत सुचनाको अधिकार (राइट टू इन्फमेसन् ) अलिक ब्रोड कुरा हो । तर मेरो विचारमा आइक्यान वास्तवमै  विद्यार्थी समक्ष पुग्न नसकेकै हो । सानासाना कुरा जस्तै हल् टेस्ट, पोस्टल, आउदो परिक्षामा सोधिने प्रश्नको  दायरा, आचार संहिताका कुरा जुन विद्यार्थीका लागि एकदमै महत्वपूर्ण  कुरा हुन् , यस्ता सुचना  विद्यार्थी सामु  स्पस्ट रुपमा  दिन  आइक्यान एजुकेसन डिपार्टमेन्टले   अलिक ध्यान दिनु पर्दछ  ।
राइट टू इन्फमेसन् कै कुरा गर्दा एक विद्यार्थी ई.स.२०१२ देखि  निरन्तर आफ्नो उत्तर पुस्तिका हेर्न पाऊ भन्दै आइक्यान तथा सुचना आयोग सम्म संघर्ष नगरेका होइनन । त्यहि  कुरालाइ मध्यनजर गर्दै आइक्यानले पेपर हेर्न पाउने निर्देशिका बनाइसकेको र लागु गर्न मात्र बाकी रहेको हालै जानकारी गराएको छ । 
यो चाहि राम्रो पक्ष हो । यस्ता विविध समस्याको सुनुवाई आइक्यानले नै गर्ने हो । तर यसमा  एनकासाले पुलको भूमिका खेल्न भने अवस्य नै सक्छ। त्यसैले  एनकासाले विद्यार्थी समक्ष “हेलो एनकासा” कार्यक्रम छिटै ल्याउदैछ । यो कार्यक्रम सस्तो लोकप्रियताको लागि भन्दा पनि विद्यार्थीका यथार्थपरक प्रश्नहरुलाई  आइक्यान समक्ष पुर्याउनु नै हो ।  कम्तिमा साप्ताहिक रुपमा चल्ने यो कार्यक्रमको निश्चित समय  भित्र नेपाली सिए विद्यार्थी ले आफ्ना यथार्थपरक प्रश्नहरुलाइ एनकासा समक्ष प्रत्यक्ष राख्न सक्नेछन ।
लेख्दै जादा लाग्छ कि धेरै छन् यस्ता कुराहरु जुन आइक्यानमा परिवर्तन गर्नुपर्ने छ । चाहे त्यो आइक्यान वेव साइटको कुरा होस, बैंक क्यास काउन्टरको, अनलाइन फारम सब्मिसनको होस वा  लाइब्रेरी टाइमको । या होस् सधै सधै जुधिरहने आइक्यान परिक्षा र  त्रिभुवन विस्वविध्यलयको बिबिएस तहको परिक्षा । त्यो भन्दा पहिले गहिरिएर सोच्नु पर्ने कुरो चाहि के भने के हामि विद्यार्थीले मात्र चाहेर परिवर्तन कति  सम्भव छ ? हामि आइक्यानलाई परिवर्तन गर्ने कुरा गरिरहेका छौ । त्यो भन्दा पहिले आइक्यान कसरि बनेको छ बुझ्नु जरुरि छ । यो आइक्यानको  परम्पराको कुरा हो परिवर्तनको लागि अवस्य समय त लाग्छ नै ।
हामि विद्यार्थी अनि सिए सदस्य अग्रजहरु अनि आरए  सदस्य मिलेर जानुको विकल्प  छैन । आखिर हामि सबैको क्षेत्र एउटा  हो । समृद्ध आइक्यान, समृद्ध समग्र लेखा ब्यबसायको  लागि  हामि सबै सहकार्य गर्न जरुरि छ । त्यसैले  आइक्यान काउन्सिललेले व्यक्तिगत भन्दापनि सस्थागत  रुपमा भूमिका निभाउनु आवस्यक  छ  । यसको लागि  सहयोग गर्न विद्यार्थीको भूमिका आइक्यानले के-कस्तो चाहन्छ, एनकासा सधै तत्पर छ।
कुनैपनि ठाउमा नया कार्यसमिती आउदा धेरै आशा हुनु कुनै नौलो कुरा होइन । तर ती आशा अनि भरोसाहरु कत्तिको यथार्थमा परिणत भयो भन्ने चाहि मुख्य कुरा हुदोरहेछ । हुनत केहि निराशाजनक अभिव्यक्तिहरु पनि नआएका होइनन् । समग्रमा नया कार्यसमिती नितान्त सर्बसम्मत तथा  संथागतरुपमा बनेको  छ । एनकासा आफैमा सक्षम् थियो र अझै भएको छ भन्ने  हाम्रो विस्वास छ ।
सायद यी उल्लेखित कुराहरुका निम्ति जोडदार पहल गर्ने सकियो अनि केहि पुरा पनि भए भने ठुलै उपलब्धिका रुपमा लिन सकिन्छ। अबको २ वर्ष पछाडी यहि समस्याको बारेमा लेख्नु नपरोस । यसका लागि सम्पूर्ण विद्यार्थी ,अग्रज दाजुहरुको सहयोगको आशा गरेको छु   । हाम्रा अगाडी धेरै उपलब्धिमुलक कुराहरु छन् । यी सानातिना प्रशासनिक कुरामा सधै अल्झिन पनि नपरोस्  । आइक्यान अनि सम्पूर्ण लेखा ब्यबसायक समृद्ध होस् । – नेपाल सीए
 ऋषि पोख्रेल एनाकासाका नवनिर्वाचित अध्यक्ष हुन् । 

प्रतिक्रिया दिनुहोस्