Skip to content

आइक्यानले गरेको पत्रकार सम्मेलन, व्यवस्थापकीय कमजोरीको पराकाष्ठा !

आइक्यानले विभिन्न सिए इन्स्टिच्युटहरुसँग मिलेर गर्न लागेको एक्स्पोका बारेमा बिहिबार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा व्यवस्थापकीय कमजोरीको पराकाष्टा नै देखिएको छ ।  पत्रकार बोलाउने मामलादेखि प्रेस बिज्ञप्ति बनाउने सम्मको कुरामा आइक्यानले लापरवाही गरेको छ । समय, अतिथि लगायतका बिषयमा पनि आइक्यानको पत्रकार सम्मेलनमा ब्यबस्थापकीय कमजोरी देखिएको छ । बुँदागत रुपमा हेरौं आइक्यानको पत्रकार सम्मेलनमा देखिएका केहि ब्यबस्थापकीय कमजोरीहरु :

  • पत्रकारहरुलाई खबरनै गरिएन । देशका मूलधारका पत्रकार कोहि पनि कार्यक्रममा उपस्थित थिएनन् । सिए क्षेत्रमा कलम चलाउने केहि चिनिएका पत्रकारहरुलाई कार्यक्रममा निम्तो नै थिएन । देशका चर्चित पत्रिका, रेडियो, अनलाइन र टेलिभिजनका प्रतिनिधि कार्यक्रममा थिएनन् ।
  • कार्यक्रम निकै ढिलो गरी सुरु गरियो।  ११:३० मा भनिएको कार्यक्रम १२ बज्दासम्म पनि सुरु भएको थिएन ।
  • कार्यक्रम सुरु गरिसक्दा पनि कार्यक्रमको ‘ब्यानर’ आएन ।
  • आएको ब्यानर अतिथिहरुले आफैं टाँसे ।  त्यसको विकल्प पनि थिएन।  यस सम्बन्धमा केहि ब्यबस्था मिलाइएको थिएन ।     
  • प्रेस बिज्ञप्तिमा निकै धेरै त्रुटीहरु थिए। 
  • कार्यक्रममा आइक्यानका कोहि पनि पार्सद उपस्थित थिएनन् । आइक्यानका अध्यक्ष वा उपाध्यक्षको पनि उपस्थिति थिएन । 
  • कार्यक्रममा आइक्यान निकट केहि पत्रकार बाहेक उपस्थित नै थिएनन् ।  अघिल्लो काय्रक्रममा सहभागी पत्रकारहरु हिड्छन् भनेर हतार हतार ब्यानर नै नआइ काय्रक्रम सुरु भयो ।
  • कार्यक्रममा अघिल्लो काय्रक्रमका र पछी हुने कार्यक्रममा सहभागी हुन आएकाहरुलाई पनि प्रेस बिज्ञप्ति थमाइयो ।   

प्रतिक्रिया दिनुहोस्