Skip to content

कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, ‘सिए सिक्षामा लगाइएको भ्याट हटाउ’

देशभर रहेका विभिन्न सिए अध्यापन गराउने कोचीङ सेन्टरका प्रतिनिधिहरुले सिए शिक्षामा लगाइएको भ्याट तत्काल हटाउन माग गरेको छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कोचीङ सेन्टरका प्रतिनिधिहरुले सिए शिक्षामा लगाइएको भ्याट तुरुन्त हटाउन माग गरेका हुन् । यसअघि पनि सिए शिक्षामा लगाइएको भ्याट हटाउनु पर्ने माग विभिन्न कोचीङ सेन्टरका प्रतिनिधिहरुले राखेका थिए ।    
यता सिए शिक्षामा भ्याट हटाउने भन्ने कुरामा आइक्यानलेनै लवीङ गर्नुपर्ने विभिन्न सरोकारवालाहरुको भनाइ छ । सिए सरोकारसँग कुराकानी गर्दै एक कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, ‘हामीले पनि नेपाल सरकारको नियम अनुसार विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छौं ।  त्यसैले हामीलाई लगाइएको भ्याट हटाइनुपर्ने हाम्रो माग हो ।’
यता विभिन्न करविज्ञले भने सिए शिक्षामा भ्याट हटाउन आइक्यान, आन्तरिक राजश्व विभाग, लगायतका संस्थाहरुबीच समन्वय हुनुपर्ने बताएका छन् ।
काठमाडौँमा सञ्चालित सिए कोचीङ सेन्टरहरुले भ्याट तिर्नुपर्ने ब्यबस्था छ ।       

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।