Skip to content

आगामी बजेटका लागि यस्तो छ एक्यानको सुझाव

एक्यानले अर्थमन्त्रीलाई भेटेर आगामी बजेट सम्बन्धि सुझाव दिएको छ । आज अर्थमन्त्रीलाई भेटी एक्यानले आफुले तयार गरेको सुझाव सम्बन्धि प्रतिबेदन बुझाएको हो । केहि दिन अघिनै अर्थमन्त्रीलाई भेट्ने कार्यक्रम भएपनि मधेशी मोर्चाको आन्दोलनको कार्यक्रमका कारण उक्त कार्यक्रम आजलाई सरेको थियो । हेरौं एक्यानले अर्थमन्त्रालयमा बुझाएको सुझाव :

मिति : २०७३।०२।०२

मा. अर्थमन्त्री ज्यू
अर्थमन्त्रालय
नेपाल सरकार
सिंहदरबार, काठमाण्डौं
विषय : आ.ब. २०७३।७४ को बजेटको लागि आवश्यक सुझाबहरु
महोदय,
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, चार्टर्ड एकाउन्टेन्ट्हरुको २०३४ सालमा दर्ता भएको पेशागत संघ हो र यसले पेशागत हकहितको सुरक्षाका साथै मुलुकको आर्थिक गतिबिधि, अर्थतन्त्र, कर, लेखा, राजश्व जस्ता महत्वपूर्ण विषयहरुलाई नजिकबाट चासो दिईरहेको छ ।
हाल नेपाल सरकार अर्थ मन्त्रालयले आ.व. २०७३।७४ को बजेटको तयारी गरिरहेको अवस्थामा यस संघले सदस्यहरुबाट सुझाब संकलन गरी नीतिगत विषयहरु, आयकर, मूल्य अभिबृद्धि कर तथा शिक्षा सेवा कर सम्बन्धी ऐन नियम सम्बन्धमा हाम्रा सुझाबहरु यसैपत्र साथ संलग्न गरी पेश गरेका छौं ।
अर्थमन्त्रालय, बजेट महाशाखाले  संलग्न सुझाबहरुलाई गम्भिरताका साथ अध्ययन गरी आउंदो आ.व. २०७३।७४ को बजेटमा संलग्न गर्नेमा हामी विश्वस्त छौं । अर्थमन्त्रालयलाई समयमै अपेक्षित बजेट ल्याई  समग्र मुलुकको आर्थिक उन्नति र प्रगतिमा उल्लेखनीय योगदान दिलाउन अग्रिम शुभकामना व्यक्त गर्दछौं ।

भवदीय,
सि.ए. हरि कुमार सिलवाल
अध्यक्ष
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ
बवरमहल, काठमाण्डौं
बोधार्थ: बजेट महाशाखा, अर्थमन्त्रालय, नेपाल सरकार, सिंहदरबार, काठमाण्डौं

यस्तो छ एक्यानले बुझाएको सुझाव :

प्रतिक्रिया दिनुहोस्