Skip to content

सामाजिक सञ्जालमा ‘सेलीब्रेटी’ बनेका एक सिए विद्यार्थी, देशभक्त मधेशीका नाममा चिनिंदै रमेश प्रसाद शाह

ऋषिराम अधिकारी, नयाँ दिल्ली  । 
मधेश आन्दोलन, भारतको नाकाबन्दी र नेपालको समसामयीक विषयको यथार्थ चित्रण गर्दै सामाजिक सञ्जालहरुमा बिगत ६ महिनादेखि चिनिएको नाम हो, रमेश प्रसाद साह । उनी सिए अध्ययनको क्रममा भारतको नयाँ दिल्लीमा बिगत ४ वर्ष देखि बसेर नेपाल र नेपाली जनताको युवा वर्गको प्रतिनिधित्व गर्दै समाजमा घटेका विषयहरुलाई जनमानसमा जस्ताको त्यस्तै  उतार्दै आइरहेका छन्  । चाहे मधेसको मुद्दा होस् वा विदेशी चलखेल, सबैमा उनी आफ्नो शब्दको माध्यमबाट खरो रूपमा प्रस्तुत हुँदै आईरहेका छन । 

सामाजिक सञ्जालमा उनले लेखेको कुरालाई सबै तिरबाट प्रसंशा भइरहेको छ । आम मानिस सँगसँगै नेपालका राजनीतिज्ञ, पत्रकार, कलाकार, बौद्धिक ब्यक्तित्वले पनि उनको बिचार प्रति सधै सहमति जनाएका छन् । 
सिए सरोकारसँग कुराकानी गर्दै उनले आफु एउटा पात्र मात्र भएको र यस्ता काम गर्नको लागि सबै युवा अघि सर्नुपर्ने बताएका छन । हामी युवाहरु नै नेपालको राजनितिक, आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा खबरदारी गर्दै देशको उन्नतिको पर्खाल नाघ्न सक्छौ । उनी भन्छन्,’ देश टुक्र्याउनु पर्छ भन्नेहरु मधेशी होइनन् देशद्रोही हुन् .’ 
सिएको फाईनल चरणको अध्ययन  गरिरहेका उनी मधेश समुदायका एउटा यस्ता पात्र हुन जस्ले आम जनमानसमा मधेशप्रति हेर्ने दृस्टिकोंलाईनै परिवर्तन गराइदिएका छन् । उनी भन्छन ” नेपाली हुनुमा गर्व गरौ, सामाजिक सद्धभाव कायम राखौं ।”
यस्तै केही दिन अगाडी उनले “को हो नेपाली ?” शीर्षकमा एउटा भिडियो बनाई युटुब र फेसबुकमा राखेका थिए जून अहिले सामाजिक सञ्जालमा एकदमै मन पराइएको छ ।  

प्रतिक्रिया दिनुहोस्