
आइक्यान अध्यक्ष कुनैबेला प्रत्यक्ष रुपमा संग्लग्न रहेको र अहिले आफ्नो शेयर आफन्तको नाममा ‘डमी’ शेयरको रुपमा राखेको पुतलीसडक स्थित एक सिए इस्न्तिच्युटमा विद्यार्थी तान्न आइक्यान अध्यक्षको ग्रयाण्ड डिजाइनमा विभिन्न काम हुन थालेको सिए सरोकारलाई जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार आइक्यान अध्यक्षको डिजाइन अनुसार हालका उपाध्यक्ष महेश खनाल निकटका केहि र आइक्यानका केहि कर्मचारीहरुलाई आफ्नो हातमा लिएर सम्भावित सिए इस्न्तिच्युट विरुद्ध गलत प्रचार सुरु भएको छ ।
उनी निकट कोचिङ सेन्टरले आफु सबैभन्दा अग्रणी सिए पढाउने संस्था भएको दावीलाई केहि मिडियाले गलत भनेपछि अरु विरुद्ध उनी यसरी लागेका हुन् । पछिल्लो एक अन्तर्वार्तामा सीएआइका प्रमुख बालचन्द्र श्रेष्ठले अपरिपक्व मानिस नेतृत्वमा पुगेको भन्ने अभिव्यक्ति दिएपछि तनावमा रेहका अध्यक्षले रातारात आफु निकटका केहि सहपाठीहरुलाई फोन गरी अन्य इन्स्टिच्युटका बारेमा कसरी गलत हल्ला फैलाउने भन्ने बारे परामर्श समेत गरेको उनी निकट स्रोतले जानकारी दियो ।
- सम्बन्धन लिएकाभन्दा नलिएका इन्स्टिच्युटहरुले विद्यार्थीको मन जितेपछि सम्बन्धन प्राप्त संस्थामा मात्र पढ्नुहोस भनी आइक्यान अध्यक्षको ठाडो निर्देशनमा आइक्यानको सुचना प्रकाशित भएको छ ।
- पुतलीसडकस्थित सीएआइमा नयाँ व्यवस्थापनले काम सुरु गरेको थाहा पाएपछि आइक्यानले गरेको पत्रकार सम्मेलनमा अध्यक्षकै ठाडो निर्देशनमा सीएआइको नाम आइक्यानका कर्मचारी माधव कक्षपतिले नियोजित रुपमा बिगारेको स्रोतको दावी छ । उक्त प्रेस बिज्ञप्तिमा सीएआइको ठाउँमा सीआइए लेखिएको थियो भने थुप्रै अरु त्रुटी पनि थिए। सिएआइको मात्र नाम बिगार्दा शंका हुने भएकाले उनको निर्देशनमा जानी जानी धेरै त्रुटी राखेको स्रोतको दावी छ।
- यसपाली विद्यार्थीहरुको राम्रो ‘फलो’ भएको चैतन्यले आइक्यानको नियम विपरित काम गरेको हवाला दिंदै चैतन्य विरुद्ध लेख्न, बोल्न र काउन्सिलिङ गर्न हिसां फेयरमा फसेका आफ्ना कर्मचारी र महेश खनाल निकटका केहिलाई उनले निर्देशन दिएका छन् ।
- पुतलीसडकमा राम्रो विद्यार्थीको फलो भएको एओसी र भर्खर खुलेको र सम्भावना भएको गुरुकुल सिएका बारेमा समेत नकारात्मक प्रचार गर्न समेत उनले आफु निकटका केहीलाई निर्देशन दिएको आइक्यानका एक उच्च पदस्थ अधिकारीले सिए सरोकारलाई बताए ।
- आइक्यानका कर्मचारीलाई आफ्नो इन्स्टिच्युटमा विद्यार्थी रिफर गर्न समेत उनले निर्देशन दिइसकेको स्रोतको दावी छ ।
- सम्बन्धन नलिइ कक्षा सुरु गर्नु कानुन विपरित हो भन्ने हवाला दिन समेत आइक्यान अध्यक्षले निर्देशन दिएका छन् । जवकी आइक्यानको सम्बन्धन नलिनु कुनै पनि तरिकाले गैर कानुनी होइन ।
- आइक्यानका विभिन्न ऐनहरुलाई अपव्याखा गर्दै कसरी हुन्छ आफ्नो कोचिङ सेन्टरमा विद्यार्थी भर्ना गर्न उनी लागी परेको स्रोतको भनाइ छ।
- उनी निकटका सिए इस्न्तिच्युटले आफु सिए संस्थाहरुमै पहिलो भएको दावी गरेपछि उक्त कुरा गलत भएको केहि मिडियाहरुमा खबर आएपछि ती समाचार लेख्ने पत्रकारका विरुद्ध लाग्न उनले ती समाचार लेखेका पत्रकारलाई विरोध गर्नुपर्ने भन्दै लवीङ गरिरहेका छन् ।
- सबैलाई गलत देखाएर विद्यार्थीहरु आफ्नो कोचिङ सेन्टरमा बह्रना गराउन कुनै पनि कसुर आइक्यान अध्यक्षले नराखेको स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस्