Skip to content

अन्य सिए इन्स्टिच्युट विरुद्ध यस्तो छ आइक्यान अध्यक्षको ‘प्लान सी’

अरु सिए इन्स्टिच्युटविरुद्ध आइक्यान अध्यक्षको ‘प्लान ए’‘प्लान बि’ आंशिक सफल भएपनि त्यसको सुइँको धेरैले पाएपछि उनी प्लान सी सँगै नेपाली बजारमा विभिन्न कामको नेतृत्व गरीरहेका छन् । आफु निकट सिए इन्स्टिच्युटमा विद्यार्थी तान्न भरपूर प्रयास गरेका उनले खेलीरहेको फोहोरी खेल सार्वजनिक भएपछि उनी ‘प्लान सी’ को तयारी गरिरहेका छन् । 
जसअनुरुप बजारमा यी सबै काम आफुले गरेको होइन भन्ने प्रमाण देखाउन उनले यी काम हरु अगाडी ल्याएका छन् । उनी बजारमा खासै फरक पनि नपर्ने तर अरुलाई ‘यो काम अध्यक्षको होइन’ जस्तो पनि पार्ने रणनीतिका साथ आफु निकटका सिए इन्स्टिच्युटका बारेमा पनि गलत भएका केहि कुराहरुलाई बाहिर ल्याउनमै व्यस्त छन् ।   
यो बीचमा सिए सरोकारलाई स्रोतले दिएको जानकारी अनुसार हामीले जे जे लेख्यौं बजारमा त्यहि त्यहि भए । र अध्यक्षको प्लान सी अन्तर्गत अव यी कार्यहरु हुँदैछन् ।
  • आइक्यान अध्यक्ष अव मोफसलका केहि सिए इन्स्टिच्युटका विरुद्ध पनि गलत प्रचार गर्न लागिपरेका छन् । यसको स्पष्ट रुप बजारमा केहि दिनपछी देखिनेछ ।
  • उनका निकै निकट रहेका केहि सिएहरुले खोलेको सिए इन्स्टिच्युटका विरुद्ध पनि केहिदिनमा गलत प्रचार सुनीन थाल्नेछन् ।
  • जति जति उनलाई प्रेसर पर्दै गएको छ त्यति त्यति आफु निकटको सिए इन्स्टिच्युटका बारेमा पनि बजारमा दखल नपर्ने गरी गलत प्रचार भइरहेको जस्तो देखाउन उनी लागि परेका छन् ।
  • आफ्नो प्लान पूरा नभएको रिस उनले केहि दिनभित्रै पत्रकारहरुलाई पोख्दैछन् भन्ने जानकारी पनि स्रोतले दिएको छ ।
आइक्यान अध्यक्षका सम्पूर्ण प्लानहरु बजारमा छताछुल्ल भइसकेका छन् । अहिले नेपाली सिए क्षेत्रमा आइक्यान अध्यक्षले खेलेको यस्तो फोहोरी खेलको निकै चर्चा हुन थालेको छ । तर उनले गरेका सम्पूर्ण क्रियाकलापको विश्लेषण भने नेपाली सिए बजारले गरीने रहेको छ ।    

यसबारे बुझ्न खोज्दा उनी निरन्तर सम्पर्क बाहिर छन् ।    

प्रतिक्रिया दिनुहोस्