
आजको नयाँ पत्रिकाले सिए विशेष भन्दै सिए सम्बन्धि विभिन्न सामाग्री छापेको छ । तर केहि समय अगाडी सिए सम्बन्धि समाचारमा भ्रमपूर्ण जानकारी राखेको नयाँ पत्रिकाले आज पनि त्यस्तै भ्रमपूर्ण जानकारी सहितको समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् बुँदागत रुपमा नयाँ पत्रिकामा भएको समाचारमा सिए सम्बन्धि भ्रमपूर्ण जानकारीहरु :
- समाचारमा सिमा एकेडेमिक्स नामक संस्थाका निर्देशक बिजय पाठकलाई ‘सिए एकेडेमी का निर्देशक’ भनिएको छ । यसरी लेखिनुले कतै बिजय पाठक सिएको एकेडेमी (विद्यार्थीले आइक्यान बुझ्न सक्छन्) का निर्देशक त होइनन् भन्ने भ्रम पर्न सक्छ ।
- समाचारमा ‘सिए पढ्न दुइलाखदेखि चार लाखसम्म खर्च लाग्छ’ भनेर लेखिएको छ, जुन सत्य होइन । आइक्यानमा मात्र भर्ना गरेर स्व: अध्ययन गर्यो भने दुई लाख लाग्दैन र कोचिङ सेन्टरमै पढ्दा पनि ४ लाख लाग्दैन ।
- समाचारमा सिमा एकेडेमी स्थापना कालदेखि नै आइक्यानमा दर्ता भइ संचालन हुँदै आएको संस्था भनिएको छ । जवकी आइक्यानले दिने भनेको सम्बन्धन हो । आइक्यानसँग कुनै संस्था दर्ता गर्ने अधिकार छैन । यसबाट विद्यार्थीलाई भ्रम पर्न सक्छ ।
- पत्रिकाले एओसीबाट क्याप टु र आइपीसीसीका टपरहरु उत्पादन भइसकेको लेखेको छ । जवकी एओसीबाट क्याप टु टपर भएका कोहीपनि छैनन् । पत्रिकाले सिएमा फेल भएपनि बिबिएस पढ्न पाइन्छ भनेर लेखेको छ जुन हासउठ्दो कुरा हो । दीपक पाण्डेलाई उदृत गर्दै यस्तो लेखिएको भएपनि दीपक पाण्डेले भने आफुले यस्तो नभनेको, र फोनमा कुरा गर्दा नबुझेर लेख्नेले अन्यथा लेखेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्