Skip to content

सिए र लेखापरीक्षकलाई समान मान्यता दिन माग !

काठमाडौं/ नेपाल अडिटर्स एसोसिएसन (अडान)ले चार्टर्ड एकाउन्टेन्ट र दर्तावाला लेखापरीक्षकलाई समान मान्यता दिन माग गरेको छ । ‘नयाँ संविधानसँगै नयाँ चार्टर्ड एकाउन्टेन्ट्स ऐन ल्याउनुपर्ने भएकाले उक्त ऐनमा दर्तावाला लेखापरीक्षकका सन्दर्भमा देखिएका सबै विभेद अन्त्य गरी समान सदस्यता कायम गर्न जोडदार माग गर्दछाँै,’ अडानद्वारा जारी वक्तव्यमा भनिएको छ । 

चौथो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अडान अध्यक्ष मोहनराज रेग्मीले भने, ‘मुलुकको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि लेखापरीक्षकले गरेको योगदानलाई राज्यले उचित मूल्यांकन गरेको छैन ।’ उनले चार्टर्ड एकाउन्टेन्ट्स संस्था र अडानलाई सरकारले समान हैसियत नदिएकोतर्फ इंगित गर्दै असन्तुष्टि पोखे । 
अडानको चौथो महाधिवेशन शुक्रबारबाट सुरु भएको  छ । देशभरका करिब ५ सय प्रतिनिधिले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्नेछन् । संस्थामा अहिलेसम्म ६५ जिल्लाका करिब ८ हजार लेखापरीक्षक आबद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्